कर्णाली प्रदेश: पहिलो अधिवेशनको पहिलो बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins
  • मानवहादुर ओली

सुर्खेत । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन भोलि बस्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम दोस्रो कार्याकालका लागि प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभा सचिवालयले वैठकका लागि सवै आन्तरिक तयारी पुरा गरेको छ । पहिलो बैठक भएकाले कार्यव्यवस्था समिति गठन नभएको हुदाँ सभा वस्नु पुर्व विहान ११ बजे सर्वदलीय वैठक बस्ने उहाँले बताउनु भयो ।

भोली हुने पहिलो बैठकको संभावित कार्यसुचिमा प्रदेश प्रमुखबाट सभा आह्वानको पत्र प्रस्तुत हुने, सहिदप्रति सम्मान र सर्वदलीय धारण सहित शुभकामना आदान प्रदान हुने सचिवालयले जनाएको छ ।

४० सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका १४जना , नेकपा माओवादीका १३ जना, नेकपा एमालेका १०, नेकपा समाजवादी १ जना , राप्रपाका १ जनाम र १ स्वतन्त्र सांसद रहेका छन् ।

प्रदेशसभाका प्रमुख दल नेपाली काँग्रेसबाट जीवनबहादुर शाही, नेकपा माओवादीबाट राजकुमार शर्मा, नेकपा एमालेबाट यामलाल कंडेल संसदीय दलको नेतामा निर्वाचित भइसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?