भोजपुर । जिल्लाका ग्रामीण क्षेत्रहरुमा संचालन हुने आँखा शिविरहरु भोजपुरमा प्रभावकारी बन्न थालेका छन । जिल्लाको दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालंखामा संचालन भएको दुई दिने आँखा शिविरमा चार सयले उपचार पाएका छन ।
नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा आमचोक गाउँपालिकाको व्यवस्थापनमा भएको शिविरमा ४२ जनाको आँखाको निशुल्क सल्यक्रियाका साथै ४ सयको उपचार भएको हाे ।
जिल्लाको ग्रामीण क्षेत्रहरुमा संचालन गरिदै आईएको शिविरहरु प्रभावकारी देखिएको नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताउनुभयो । प्रमुख तामाङले भन्नुभयो, “गाउँघरमा धैरे आँखाका रोगीहरु भएको र आर्थिक अवस्थामा कारण अन्यत्र उपचारका लागि जान नसक्नेहरुका लागि शिविरको सेवा प्रभावकारी देखिएको छ ।”
दात्री संस्था सिविएमको सहयोग तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । भोजपुरमा अहिले पालिका स्तरमा शिविरहरु संचालन गरिएको नेपाल नेत्र ज्योति संघ भोजपुरका संस्थापक सभापति तेज मोक्तानले बताउनुभयो ।
शिविरमा विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.सुमित मिश्र लगायतको टिमले शल्यक्रिया गर्नु भएको थियो ।
शिविर हतुवागढी गाउँपालिकाको केन्द्र घोरेटारमा पनि संचालन गरिने नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच