नेपाल लाइफद्वारा अभिकर्ता प्रशिक्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले धुलिखेलमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइने कार्यक्रममा देशभरबाट एक सय २५ भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहेको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिबारेमा जानकारी गराउनुभएको थियो ।

सहभागीलाई भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कारले प्रशिक्षण दिने आयोजकले जनाएको छ । शनिबारसम्म सञ्चालन हुने कार्यक्रममा करिब आठ सयजना अभिकर्ताको सहभागिता रहेको बताइएको छ । २०७९ असोजसम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब नौ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब तीन करोडभन्दा बढी रहेको छ । कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?