गाविस अध्यक्ष, लुम्बिनी प्रदेश सरकारको मन्त्री हुँदै मुख्यमन्त्री बने लिला गिरी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

रुपन्देही । लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीमा बन्नुभएको छ लिला गिरी । गुल्मीको रुरु गाउँपालिका ५ बम्घामा २०११ सालमा जन्मिनुभएका गिरी किसान आन्दोलनबाट उदाएका गिरी रुपन्देहीमा आएपछि कम्युनिष्ट आन्दोलनमा चिनिएको नाम हो।

जीवनभर निष्ठाको राजनीति गरेका गिरीलाई चिन्नेहरु उहाँलाई ईमान्दारीताको पर्याय नै ठान्छन्। तर अहिले फेरि ईमान्दारीताको परिक्षाको क्षणमा आई पुग्नुभएको छ । नेकपा एमाले भित्र अत्यन्त सरल नेताका रुपमा चिनिने गिरी रुपन्देहीको तत्कालिन शंकरनगर गाविस अध्यक्ष हुँदै लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने यात्रामा पाईला अगाडी बढाउनु भएको छ ।

बावु बुद्धिनाथ गिरी र आमाको केशवकुमारी गिरीको कोखबाट जन्मिनुभएका गिरीको परिवार २०३४ सालदेखि रुपन्देहीमा बसोवास गर्दै आउनु भएको छ । कृषिमा विविधिकरण, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा विशेष दख्खल राख्ने गर्नुभएका गिरीले स्नातक सम्मको अध्यायन गर्नु भएको छ ।
२०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालीन पञ्चहरु विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसंगै आन्दोलनमा सहभागी हुनुभएका गिरी गुल्मीबाट ०३४ सालमा रुपन्देहीको शंकरनगर–१ मा (हालको तिलोत्तमा नगरपालिका–१ बसाई सरेर आउनु भएको थियो ।

दक्षिण एसीयामै ऐतिहासिक मानिने सोह्र–छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरेको योगदान गिरीमा जाने गरेको छ। किसानहरुलाई पार्टीमा आवद्ध गर्ने, संगठित गर्ने र अभियानमा सरिक बनाउने काममा लागेकोले गिरीलाई यस क्षेत्रमा किसान नेताका रुपमा परिभाषित गर्ने गरिएको छ। २०४६ पुस १५ गते (नेकपा माले) हुँदै एमालेको सदस्यता प्राप्त गरेका गिरी २०२२ सालमै गुल्मीमा रहँदा गुल्मीका नेता सिद्धिनाथ ज्ञवालीको सम्पर्कबाट पञ्चहरुका बिरुद्धको आन्दोलनमा सक्रिय रहनुभएको बताईएको छ ।

२०४६ सालमा नेकपा मालेको सदस्यता लिनुभएएका गिरीले उक्त पार्टीको जिल्ला कमिटी सदस्य तथा सोही समयमै जिल्ला वाममोर्चाको सदस्यको रुपमा जनआन्दोलनमा सक्रिय भुमिका निभाउनुभएको थियो। २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव भई सफलतापुर्वक जिम्मेवारी सम्पन्न गर्नु भएको थियो।

वि.सं.२०६१ माघ १९ गतेको तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही ‘कु’ को विरुद्ध नेतृत्व गरेको भन्दै ०६१ माघ २७ प्रहरीले पक्राउ गरी ०६२ बैशाख २८ गते सम्म जिल्ला कारागारमा राखेको थियो।
बिसं ०६१देखि ०६६ र ०६६देखि ०६९ साल सम्म दुई कार्यकाल गरी एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष बनेका गिरी वि.सं.२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख तथा वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य भई जिम्मेवारी निर्वाह गर्नु भएको थियो।

नेकपा एमालेको काठमाण्डौमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित गिरी २०७५ सालदेखि नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो।
गएको बर्ष चितवनामा सम्पन्न नेकपा एमालेको दशौं राष्टिय महाधिवेशनबाट नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका गिरी अहिले उक्त पार्टीको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशको सहइन्चार्जका रुपमा सक्रिय रहनुभएको छ ।

२०४६ साल पछिको पहिलो स्थानीय निकायको निर्वाचनमा रुपन्देहीको तत्कालिन शंकरनगर गाविसको अध्यक्ष निर्वाचित भई काम गरेका गिरीले २०७४ सालमा रुपन्देहीको क्षेत्र नं २ को प्रदेशसभा १ बाट निर्वाचित भई उद्योग वन, पर्यटन, वातावरण मन्त्री। लुम्बिनी प्रदेश सरकारमै केही समय आन्तरिक मामिला तथा कानुन मन्त्री तथा समेत जिम्मेवारी सम्हाल्नु भएको थियो।

०७४ मंसिर २१ गते सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ (१) बाट प्रतिस्पर्धीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

व्यक्तिगत विवरण

नाम : लिला गिरी
जन्म मिति : २०११ चैत १४ गते
जन्मस्थान : रुरु–५, बम्घा गुल्मी हाल : तिलोत्तमा–१ शंकरनगर
पत्नीको नाम : इन्दिरा गिरी
सन्तति : छोरी (२) छोरा (१)

शैक्षिक योग्यता : बीए

राजनीतिक जीवन
–२०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी
–२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी
–२०३७ सालको मजदुर आन्दोलनमा सहभागी
–२०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष
–२०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी
–२०३९ सालमा क्रान्तिकारी बुद्धिजीबी संघमा आबद्ध
–२०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य (भूमिगत)
–२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य
–२०५६ सालमा नेकपा एमाले रुपन्देहीको उपसचिव
–२०५८ सालमा एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव
–२०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला सचिव र अध्यक्ष
–२०६१ मा शाही कु विरुद्धको आन्दोलनको नेतृत्व र जेल यातना
–२०६२÷६३ मा जनआन्दोलनको जिल्ला कमाण्डर
–२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख
–२०७१ सालमा नेकपा एमालेको नवौं महाधिवेशन केन्द्रीय कमिटी सदस्य
–२०७७ मा नेकपा केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष
–२०७८ मंसिरमा एमाले दसौं महाधिवेशनदेखि पोलिटब्यूरो सदस्य
–२०७९ पुसमा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको नेता
राजकीय भूमिका
–२०४९ मा पहिलो गाविस अध्यक्ष (शंकरनगर गाविस)
–२०७४ मा प्रदेश सभा सदस्य
–२०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म प्रदेशको मन्त्री
–२०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित
–२०७९ पुसमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?