स्वास्थ्य राज्यमन्त्री तोसिमाको प्रष्टीकरण- भिडिओ कसले खिच्यो थाहा भएन, मृत्युमाथि राजनीति नगरौं

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले आफूले आइसियूमा बिरामी भेटेको भिडिओ कस्ले खिच्यो भन्नेबारे जानकार नभएको बताउनुभएको छ ।

राज्यमन्त्री कार्कीले आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओ बारे केही कुरा थाहा नभएको जिकिर गर्नुभयो ।

डा. कार्कीले आत्मदाह गर्नुभएका प्रेमप्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि प्रष्टीकरण दिनुभएको हो ।

उहाँले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गर्नुभएको छ ।

आफूले सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएर आत्मदाहको प्रयासपछि अस्पताल पुर्याएका प्रेम आचार्यलाई भेटेको बताउनुभएको छ ।

उहाँले पूरै भिडियो भए हेरेर प्रतिक्रिया दिन र आफ्नो धारणा तय गर्न पनि आग्रह गर्नुभएको छ । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आचार्यले आत्मदाहको प्रयास गरेपछि उहाँलाई कीर्तिपुरस्थित बर्न हस्पिटल पुर्याएको थियो । त्यहाँ उहाँको उपचारका क्रममा मृत्यु भएको थियो ।

आचार्यलाई अस्पताल पुर्याउने बित्तिकै डा. कार्की उहाँलाई भेट्न पुग्नुभएको थियो । जहाँ उहाँले आचार्यसँग दोहोरो संवादसमेत गर्नुभएको थियो ।

उहाँले आफूले कुनै पनि मिडिया वा क्यामरावालालाई लिएर आइसियूमा नगएको पनि दाबी गर्नुभएको छ ।

‘हाम्रो कुनै पनि आधिकारिक पेज वा ह्यान्डलबाट भिडिओ आएको छैन। हाम्रो सचिवालयले पनि त्यसरी खिच्नुभएको छैन,’ राज्यमन्त्री कार्कीले भन्नुभयो, ‘म आफैँ जनरल सर्जन भएकाले आइसियूको प्रोटोकलहरू थाहा छ। त्यसैले मैले कुनै पनि नियम उल्लंघन गरेको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?