नवलपरासीमा आँखा शिविर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रोटरी क्लब अफ नवलपरासीसँगको सहकार्यमा सरावल गाउँपालिकाको मनरी हेल्थपोष्टमा माघ १३ गते आँखा शिविर आयोजना गरिएको छ । शिविरमा आँखा परीक्षण गराएकामध्ये दुई सय ५० जनामा मोतिबिन्दु देखिएको छ । मोतिबिन्दु देखिएका बिरामीको डा. विनोद निकिता कँडेल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने अस्पतालका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

मोतिबिन्दु नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दुको सम्भावना बढ्दै गएको पाइन्छ ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । शल्यक्रिया गर्नुनपर्ने अवस्थामा चस्मा प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्छ तर पूर्ण सफा हेर्न शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालले विभिन्न संघ संस्थासँगको सहकार्यमा देशैभरि निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएका छन् । नेत्रज्योति संघले हाल देशभरमा २७ आँखा अस्पताल तथा एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?