नेटबिना नै फोन पेको भुक्तानी सेवा

Read Time = 1 min

काठमाडौं । फोन पे एपमार्फत् अबदेखि बिनाइन्टरनेट अर्थात् अफलाइनमार्फत् पनि भुक्तानी गर्न सकिने भएको छ । कम्पनीले एक कार्यक्रमबीच सो सम्बन्धी नयाँ फिचर सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले सेवा शुभारम्भ गर्दै फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामनासमेत दिनुभयो ।

फोन पेको नयाँ फिचरमा ग्राहकले इन्टरनेटको प्रयोगबिना भुक्तानी गर्न मिल्नेछ । जसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्ने कम्पनीको दाबी छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भन्नुभयो, ‘फोन पेको अफलाइन भुक्तानी अझै अगाडि बढाएर सबैसामु पुर्‍याउन हाम्रा ग्राहक बैंक तथा वित्तीय संस्थाले पनि अमूल्य भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?