नियतमा खोट

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

मानिस सामाजको त्यो प्राणी हो जसमा विवेक र विवेकले दिने निर्णय हुने गर्दछ । विवेकको त्यो निर्णयमा बिर्को लाग्यो भने उसको जीवनमात्र होइन पारिवारिक वातावरण नै धमिलिनुुका साथै समाप्त हुने गर्दछ । जीवनका हरेक समयमा मानिसमा सधैँ रहिरहने आधार हो ममता । त्यो ममताले मानिसलाई जीवनभर सताएको हुुन्छ । ममताको अतिले गर्दा कहिलेकाहीँ मानिसले मानवीय भावनालाई समेत गुमाएको हुन्छ । गुुमाउनुु मानिसको नियति पनि बनेको हुुन्छ ।

यही नियतिको मध्यभागबाट बगेर भाग्यको शरणमा पुुग्ने मानिसलाई समयले कुुनै दिन हुुत्याएर बाहिर पुुर्‍याउने गरेको हुुन्छ । मानिसका सबै कुरा समयको माग र त्यसले निर्वाह गर्ने भूूमिकामा निर्भर हुुने गरेका हुन्छन् । नियतिको भोगाइमा रहेर आफूलाई मात्र होइन अरूलाई पनि जीवनका हरेक मोडमा कमजोर बनाएको हुुन्छ मानिसले । त्यसैले कर्ममा विश्वास र फलमा आशा नराखेर जीवनमार्ग चलाऊ भन्छ गीता पनि ।

लोकमा रहेर बाँचिरहेका मानिसमा तीन किसिमका एषणाहरू हुने गर्दछन् । वित्तैषणा (धन) पुुत्रैषणा (पुुत्र) लोकेषणा (लोक वा समाज) । यी एषणाले मानिसलाई गलत मार्गमा डोर्‍याउने गरेको हुुन्छ । त्यही एषणाका बलमा उसमा जीवन भोग्ने, जिउने आदर्श बलवान् बनेर आएको हुन्छ । यही एषणाको आधार उसमा पलाएपछि मानिसको जीवनका हरेक कर्म र कर्मले दिने मर्मलाई जीवन्त बनाएर पस्केका हुन्छन् । यही एषणाको भोग नै मानिसले बाहिर ल्याउने गर्दछ जीवनको अन्तिम समयसम्म । जीवन भोग हो । यो भोगाइ जीवनको त्यो आधार हो जसमा मानिसले समयको अवस्थालाई आफू र आफ्ना कर्मले निर्धारण गरेको हुन्छ ।

एषणाको पासो :
जीवनको भोगलाई बाहिर ल्याउने सन्दर्भमा हस्तिनापुरका शासक धृतराष्ट्र पुुत्रको एषणाबाट सदा मोहमा फसेका शासक हुन् । पाण्डुुपुुत्रप्रतिको नकारात्मक सोच र आफ्ना सन्तानप्रतिको चाहनाले उनलाई एक असल शासक बन्न दिएको छैन । शासन गर्ने सन्दर्भमा जसरी उनको मोह बाहिर आयो त्यसले उनलाई र उनको शासकीय पद्यतिलाई दुत्कारेको छ समाज, समाजको नीतिले तथा राजनीतिले पनि । उनीभित्रको मोह र मोहको पाशो जसरी बाहिर आयो त्यसमा उनीभित्रको एषणा नै प्रमुुख कारक बनेको देखिएको छ । त्यो उनीभित्रको स्नेह र ममताको एषणालाई जीवन्तरूपमा मानिसले स्वीकार गर्न सक्दैन ।

मानिस अधिकारका लागि लडेको हुुन्छ । अधिकारका लागि नै संसारमा धेरै ठूला युुद्ध र सङ्घर्षहरू भए । ती युुद्ध र सङ्घर्षको मुुख्य आशय पनि शासकमा विद्यमान रहेको एषणा नै बन्यो । यही एषणाको जालोमा फसेका हस्तिनापुरका शासक धृतराष्ट्रको चिन्ता देखापरेको छ ।

मानिस अधिकारका लागि लडेको हुुन्छ । अधिकारका लागि नै संसारमा धेरै ठूला युुद्ध र सङ्घर्षहरू भए । ती युुद्धर सङ्घर्षको मुुख्य आशय पनि शासकमा विद्यमान रहेको एषणा नै बन्यो । यही एषणाको जालोमा फसेका हस्तिनापुरका शासक धृतराष्ट्रको चिन्ता देखापरेको छ । उनीभित्रको चाहना र उनले व्यक्त गर्ने भावनाको आधारमा उनको एषणालाई बाहिर ल्याएको छ । उनी आफ्नो छोरा दुुर्योधनलाई सम्बोधन गर्दै भन्छन् :
अहमप्येवमेवैतच्चिकीर्षामि यथा युुवाम्
विवेक्तुुं नाहमिच्छामि त्वाकारं विदुरं प्रति ।।
छोरा मैले पनि त्यही गर्न चाहेको छुु जो तिमीले चाहेका छौ । मैले आफ्नो मनको भावलाई विदुुरका अघि देखाउन सकेको छैन ।
एउटा शासक जो हस्तिनापुरको प्रधान सेवक हुन् । उनको मनका भाव यस्ता छन् । उनले चाहेको आधार छोराप्रतिको एषणा हो । राज्य र शासनप्रतिको उत्तरदायित्व होइन । शासक व्यक्तिगत चाहना र सनकका भरमा चल्दैन र चल्नुु पनि हुुँदैन । तर, हस्तिनापुरका शासक धृतराष्ट्र सनकका भरमा चलेका शासक मानिएका छन् । राज्यको महामन्त्री विदुुरलाई समेत जानकारी नदिएर जुुन किसिमको अवस्था यहाँ सिर्जना गरिएको छ । त्यसले पुुत्रको मोह नै मुुख्य कारण बनेर आएको देखिन्छ । शासक राज्यको हितका लागि समर्पित हुने व्यक्ति हो । उसले आफ्ना वैयक्तिक मान्यतालाई जीवन्त बनाउन कहिले पनि राज्यशक्तिको दुुरुपयोग गर्नुुहुुँदैन । राज्यका कुनै पनि संयन्त्रको प्रयोग उसले व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दैन । महाभारतका यी शासकले त्यसो गर्न सकेको देखिँदैन ।
ततस्तेषां गुुणानेव कीर्तयामि विशेषतः
नावबुुध्येत विदुरो ममाभिप्रायमिङ्गितैः ।।
त्यसैले विदुरका अघि मैले पाण्डवहरूको मात्र गुुणगान गाउने गरेको छुु । विदुरले मेरो मनको भाव नबुुझोस् भन्ने मेरो चाहना पनि हो । यही चाहनालाई मैले सकेसम्म भावनात्मक रूपमा बाहिर ल्याउन खोजेको छैन । शासकमा रहेको यो दुुर्गुण नै कौरवहरूको पतनको मूूल कारण मानिएको छ । यही एषणाका कारण हस्तिनापुरको शासनमा परिवर्तन र महाभारतको युुद्धले शङ्खनाद गरेको मानिन्छ । महाभारतमा धृतराष्ट्रको एषणाले मूूर्त रूप लिन सकेन र शासन सत्ता नै समाप्त भएको देखिएको छ ।

एषणालाई बल :
शासनमा बसेको मानिस वा शासक सदा निष्पक्ष हुनुु आवश्यक छ । यदि त्यसो भएन भने शासनमात्र होइन शासकको समेत अन्त्य हुने निश्चित अवस्था सिर्जना हुनेगर्दछ । हस्तिनापुरका शासक धृतराष्ट्रले शासनमा वा उत्तराधिकारीका रूपमा आफ्नो पुुत्र दुुर्योधनलाई आधार बनाएपछि उनीभित्रको शासनप्रतिको मोहले उनलाई र उनको वंशलाई समेत समाप्त पारेको देखिन्छ । महाभारतमा पिताका यी कुरा सुुनेपछि अहङ्कार र दम्भले भरिएका दुुर्योधन पितालाई शासन गर्ने र मेरो हितलाई सर्वोपरि मान्ने हो भने-
अद्य तान् कुशलैविप्रैः सुुगुुप्तैराप्तकारिभिः
कुुन्तीपुुत्रान् भेदयामो माद्रीपुुत्र च पाण्डवौ ।।
हे पिता ! आज हामीले अत्यन्त गुुप्तरूपले केही चतुुर ब्राहृमणलाई नियुुक्त गरौँ । उनीहरूको काममा हामीलाई पूूर्णविश्वास हुनुु आवश्यक छ । उनीहरूले कुुन्तीपुुत्र (युुधिष्ठिर, भीमसेन, अर्जुुन) र माद्रीपुुत्र (नकुुल र सहदेव) का बीचमा फुुट ल्याउन सकूून् ।

दुुर्योधनको नियतमा खोट देखिएको छ । यदि हामीले उनीहरूमा फुुट ल्याउन सक्यौँ भने हामीलाई सहयोग हुने कुराको सङ्केत दुुर्योधनले यहाँ गरेको देखिन्छ । शासनमा देखिएको मोह र त्यो मोहले निम्त्याएको अवस्थालाई जसरी दुुर्योधनले यहाँ राखे त्यसले एषणालाई बल दिएको छ । शासन चलाउन दुुर्योधन साह्रै नकारात्मक निर्णयमा पुुग्नसमेत तयार रहेको देखिएको छ । शासनका हरेक अङ्गलाई कब्जा गरेर आफूलाई हस्तिनापुरको शासक बनाउने अभिलाषामा उत्रेको दुुर्योधनको अवस्थाले जनाएको छ ।

पिताले पुुत्रलाई सही मार्ग देखाउनुुपर्नेमा यहाँ त्यसो हुन सकेको छैन । जसरी पनि आफूलाई नै हस्तिनापुरको शासन व्यवस्थामा रहिरहनुुपर्ने उनको चाहना र इच्छाले त्यो युुगलाई ठूलो युुद्ध दिएको हो । यो युुद्ध एषणाको युुद्ध थियो । मानवतालाई समाप्त पारेको युुद्ध थियो । शासकमा पलाएको पुुत्र स्नेह र ममताको युुद्ध थियो । शासकलाई व्यक्तिगत चाहले उतारेको युुद्ध थियो । मानव संहारको युुद्ध थियो । यसलाई न्याय तथा धर्मसित जोडेर हेरियो र धर्मयुुद्धको नाम दिइयो । अत्याचार, अधिकार, जीवनलाई जिउन चाहिने आवश्यक तथ्यलाई बाहिर ल्याउन गरिएको युुद्ध हो यो । दुुर्योधनले भीमसेनलाई मार्नेसम्मको अवस्थालाई बाहिर ल्याएका छन् ।
भीमसेनस्य वा राजन्नुुपायकुशलैर्नरैः
मृत्युुर्विधीयतां छन्नैः स हि तेषां बलाधिकः ।।
हे राजन ! उपाय कुशल मानिसद्वारा भीमसेनको बध गरौँ । भीमसेन नै सबैभन्दा बलवान् रहेकाले उनको मृत्युुपछि पाण्डवको अवस्था कमजोर हुनेछ । त्यसो भयो भने हामी सदा शासनमा रहिरहने छौँ । यहाँसम्मको अवस्था शासनमा देखिने गरेको छ । यो नै एषणाले दिने सबैभन्दा ठूलो दुुर्घटना मानियो महाभारतमा ।

पिता र पुुत्रबीचको यो संवाद कति घतलाग्दो देखियो । पुुत्रको स्नेहका कारण एउटा शासकमा पलाएको एषणाले शासकको जीवनको र शासकले लिएको बाटो डरलाग्दो बनेर आएको देखिन्छ । शासक व्यक्ति होइन । ऊ राज्य हो । राज्यका जनताको प्रधान सेवक पनि हो । सेवकले सेवा गर्नुपर्दछ । सेवकको सेवालाई र उक्त सेवाले राज्यका जनतालाई दिएको भावनालाई बाहिर ल्याउन सकिएन भने व्यवस्थाका हरेक अङ्ग कमजोर बनेका हुुन्छन् । शासनका लागि गरिएका यी प्रपञ्च र धृतराष्ट्रमा पलाएको पुुत्रैषणाले जुुन महाभारतको युुद्ध निम्तियो त्यो आज संसारका प्रत्येक देशमा विद्यमान रहेको देखिन्छ । यही अवस्था रहेमा शासन र शासकीय व्यवस्थाका हरेक अङ्ग कमजोर बन्दै जाने कुराको सङ्केत महाभारतको यो प्रसङ्गले बाहिर ल्याएको छ ।

पुुत्र, वित्त र लोकको एषणाले मानिसलाई सदा कमजोर बनाएको हुन्छ । मानिसका विचार, भावना र ती भावनाले बाहिर ल्याउने आधार र आचार कमजोर हुने गरेको हुन्छ । आफूले पूूर्ण गर्न सक्ने एषणाले मात्र जीवन चल्न सक्ने सङ्केत यहाँ आएको छ ।

पुुत्र, वित्त र लोकको एषणाले मानिसलाई सदा कमजोर बनाएको हुन्छ । मानिसका विचार, भावना र ती भावनाले बाहिर ल्याउने आधार र आचार कमजोर हुने गरेको हुन्छ । जीवनमा एषणा राख तर आफूले पूूर्ण गर्न सक्ने एषणाले मात्र जीवन चल्न सक्ने सङ्केत यहाँ आएको छ । जीवनलाई गतिशील बनाउन एषणाको अभाव अनिवार्य होइन । ती एषणा आफूू र आफ्नो क्षमताले सकिने र पूूर्ण गर्न सक्ने खालका हुुनुु अनिवार्य मानिएको छ । यही अवस्थाको चिन्तन हो यो ।

हस्तिनापुरका शासकमा देखिएको यो एषणाले उनलाई मात्र होइन तत्कालीन मानवतलाई समेत समाप्त पारेको थियो । अन्याय, अत्याचार र गुुमेको अधिकार प्राप्तिका लागि भएको यो युद्ध धर्मको रक्षामा आएर अडियो । धर्मको संरक्षण र सम्बर्धनका लागि गरिएको योे युुद्धले मानिसको जीवनलाई समाप्त पारेको भए पनि स्थिति बसालेका कारण जीवनको आधार बन्यो महाभारतको युुद्ध । शासन सनक र मोहका भरमा चल्नुुहुुँदैन भन्ने आधारको विसर्जन पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?