‘ए साथी सुन’को पोष्टर र प्रदर्शन मिति सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘ए साथी सुन’को पोष्टरसहित सिनेमाघरमा आउने मिति सार्वजनिक गरिएको छ । सार्वजनिक भएका दुई पोष्टरमा चलचित्रका प्रमुख कलाकार वर्षा शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ ।

यो चलचित्र चैत १० गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । लभस्टोरी, थ्रिलर र कमेडी जानराको यो चलचित्रमा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय छ । कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिकामा हुनुहुन्छ ।

रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई विना कार्की र सन्तोषकुमार राईले निर्माण गर्नुभएको हो भने सहनर्मातामा सुदीप पौडेल हुनुहुन्छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा चलचित्र निर्माण भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?