कन्स्ट्रक्सन मार्ट स्थापना

Read Time = 2 mins

काठमाडौं । क्षमादेवी ग्रुपले नेपालमै पहिलो कन्स्ट्रक्सन मार्ट सञ्चालनमा ल्याएको छ । ग्रुपका सञ्चालक निरञ्जनकृष्ण श्रेष्ठ, सोमानी टाइल्स डेपुटी सुजितकुमार मोहन्टी र सञ्जीव रञ्जनले मार्टभित्र सोमानी स्टुडियो संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

मार्ट १६ हजार चार सय २८ वर्गफिटमा फैलिएको छ । क्षमादेवी मार्टमा युपिभिसी, सेनिटरी, फ्लोरिङ, किचन, टायल्स मार्बल, होम अप्लायन्स र पाइप्सलगायत घर निर्माणमा आवश्यक काँटीदेखि ताल्चासम्म पाइने कम्पनीका सिइओ हेलेन घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार घर निर्माणका लागि सम्पूर्ण सामग्री, इन्टेरियर र एक्सटेरियर सामान एकै छानामुनि पाउनुका साथै मार्टमा प्रोडक्ट एक्सपर्टद्वारा परामर्श सेवा पनि उपलब्ध रहेको छ ।

मार्ट उद्घाटनका अवसरमा कम्पनीले टिकटक प्रतियोगिता पनि सुरु गरेको छ । क्षमादेवी ग्रुपको जिंगलमा टिकटक बनाई प्रथम हुने एकजनाले एक लाख, द्वितीय हुने दुईजनाले ७५ हजार र तृतीय हुने तीनजनाले ५० हजार रुपैयाँ पाउनेछन् । मार्टमा ३० भन्दा बढी ब्राण्डका विभिन्न तीन सय उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?