ताजकिस्तानमा गयो ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बिहीबार बिहान करिब ६ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिममा रहेको थियो।

समाचार एजेन्सी एफपीका अनुसार स्थानीय समय अनुसार बिहान ५ः३७ मा भूकम्प गएको थियो र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर तल थियो ।

मानिसहरुको हताहतीको बारेमा अहिलेसम्म जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *