सन्दीप विदेश जान नपाउने, अर्को पेसी आइतबार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको हो ।

उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा रिहा गर्दै विदेश जान भने रोक लगाएको थियो ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न दिएको आदेशसँगै देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?