आर्थिक विकासका हिसाबले नेपाल अतिकम विकसित मुलुकमा पर्दछ । कूल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान प्रमुख रहेको छ । यहाँ ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेशामा आबद्ध रहेका छन् जसका कारण नेपाललाई कृषि प्रधान मुलुक भनेर पनि चिनिन्छ । आर्थिक विकासमा फड्को मार्न नसके पनि मुलुकले सञ्चार क्षेत्रमा भने फड्को मारेको छ । नेपालको कूल जनसंख्याको १३३ प्रतिशत मोबाइल ग्राहक रहेका छन् । हालसम्म ३ करोड ४३ लाख ३२ हजारभन्दा धेरै ग्राहकहरूले मोबाइल ब्रोडब्यान्ड इन्टरनेट चलाइरहेका छन् ।
हिजोआज मोबाइल आमसञ्चारको पहिलो रोजाइको साधन बनेको छ । यसमा आमसूचना, तथ्य र सन्देशहरू समेटिएका छन् । मोबाइल नेटवर्कको माध्यमबाट धेरै वस्तुको प्रतिस्थापन र द्रुतत्तर सञ्चार विकास भइरहेको छ । यसले लागतको कटौती, परिश्रमको न्यूनता, समयको बचत र काममा तीव्रता ल्याइदिएको छ । जसका कारण मानिसको जीवनशैलीमा परिवर्तन देखापर्दै गएको देखिन्छ । विश्वमा भएका विभिन्न विकासमध्ये मोबाइल नेटवर्कको विकास सबैभन्दा द्रुत गतिमा भएको पाइन्छ । नेपालमा विसं २०५६ सालबाट सुरु भएको मोबाइल सेवा २२/२३ वर्षको अवधिमा पूरै मुलुकभरि पुगेको छ । आमनागरिकले यसको सेवा उपयोग गरिरहेका छन् ।
मुलकको कूल जनसंख्या ३ करोड मान्ने हो भने अझै १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइन्छ । जसको पेशा कृषि रहेको छ । कृषि नै उनीहरूको जीविकोपार्जनको माध्यम बनेको छ । तैपनि उनीहरू प्रायः सबै मोबाइल नेटवर्कभित्र आबद्ध छन् । ग्रामीण कृषि र परम्परागत कृषिका कारण कृषि व्यवसायीकरण हुनसकेको छैन । यसले ग्रामीण कृषकमा गरिबी थप्दै लगेको छ । निर्वाहमुखी कृषि र अन्य आयस्रोतको कमिले ५६ लाखभन्दा बढी जनसंख्या दयनीय जीवन बिताउन बाध्य बन्दै गएका छन् । यो बाध्यताको विकल्प सरकारले दिन सकेको छ न त उनीहरूले सिर्जना गर्न सकेका छन् ।
अति न्यून आय भएका मानिसलाई आइपर्न सक्ने जोखिम व्यवस्थापन गर्ने बीमा लघुबीमा हो । यसले विपन्न वर्गका लागि संरक्षण प्रदान गर्दछ । उनीहरूको स-सानो आम्दानीलाई न्यून बीमा शुल्कमा व्यवस्थापन गरेर आइपर्नसक्ने जोखिम रोक्न लघुबीमाले मद्धत गर्दछ ।
तैपनि उनीहरूको संरक्षण, संबद्र्धन र प्रबद्र्धनको दायित्व सरकारकै हो । देशको आर्थिक समृद्धि उनीहरूको आधारभूत जीवनको विकाससँग जोडिएको छ । उनीहरूको जीवनमा सकरात्मक परिवर्तन नआएसम्म देशको अर्थतन्त्रले कोल्टे फेर्न सक्दैन । आमगरिबीका रेखामुनि रहेका मानिसहरूको न्यून जीवनस्तर माथि उठाउन सरकारले नयाँ–नयाँ नीति र प्रविधिको अवलम्बन गर्न आवश्यक छ । उनीहरूको न्यून आयलाई आइपर्न सक्ने जोखिम बहन हुनसक्ने सुरक्षण प्रदान माध्यम बन्न सक्छ लघुबीमा । यसले कम आम्दानी भएका नागरिक, उसको परिवार, व्यवसायमा आइपर्ने प्राकृतिक प्रकोप, रोग, मृत्यु, दुर्घटना र विविध पक्षबाट हुने क्षतिबाट सुरक्षा प्रदान गर्दछ । उनीहरूलाई थप गरिबीमा पुर्याउनबाट लघुबीमाले रोक्दछ ।
के हो माइक्रोइन्स्योरेन्स (लघुबीमा) ?
अति न्यून आय भएका मानिसलाई आइपर्न सक्ने जोखिम व्यवस्थापन गर्ने बीमा लघुबीमा (माइक्रोइन्स्योरेन्स) हो । यसले विपन्न वर्गका लागि संरक्षण प्रदान गर्दछ । उनीहरूको ससानो आम्दानीलाई न्यून बीमाशुल्कमा व्यवस्थापन गरेर आइपर्नसक्ने जोखिम रोक्न लघुबीमाले मद्धत गर्दछ । गरिब मुलुकका सीमान्तकृत नागरिकका लागि यो उपयुक्त माध्यम हो । यो न्यून मूल्य र उच्च परिणामको व्यवसाय मानिन्छ । कृषिमा आश्रित, ज्यालादारीमा काम गर्ने, भारी बोकेर जीवन चलाउने मानिसका लागि यसले संरक्षण प्रदान गर्दछ । पछिल्ला दिनमा सञ्चार जगतमा भएको मोबाइल नेटवर्कको विकासले माइक्रोइन्स्योरेन्सलाई सहजीकरण गर्न सक्ने देखिन्छ ।
देशको ग्रामीण इलाकामा बस्ने, कृषि पेशा अँगाल्ने र न्यून ज्यालादरमा मजदुरी गर्ने मानिसहरूसँग जोखिम बहन गर्न सक्ने क्षमता हुँदैन ।
न्यून आय भएको त्यो समूह स्वास्थ्य, शिक्षा र रोजगारीबाट प्रायः वञ्चित रहेको हुन्छ । उनीहरूले अपनाएको पेशा र व्यवसायको जोखिम व्यवस्थापन लागि बीमा गर्न आवश्यक छ । जसले उनीहरूको जीवनमा आइपर्न सक्ने चुनौतीलाई समाधाना गर्न मद्धत गर्दछ । आजभोलि सूचना र सञ्चार प्रविधिमा भएको तीव्र विकासले हरेक समस्यालाई सरल बनाउँदै लगेको छ । हरेक गरिब नागरिकका हातमा मोबाइन नेटवर्क सेवा उपलब्ध छ । यस नेटवर्ककलाई प्रयोग गरी ती समूहलाई लघुबीमाको पहँुचमा ल्याउन सकिन्छ ।
जसले न्यूनतम पनि प्रिमियम दिन सक्दैनन् उनीहरूको लागि उपयुक्त हुन्छ यस्तो बीमा । यसले आय गर्ने व्यक्तिको अशक्तता तथा मृत्यु भएमा परिवारका लागि राहत प्रदान गर्दछ । ऋण लिएर कृषि पेशा अवलम्बन गरेका कृषकका लागि कुनै किसिमले कृषिमा क्षति पुग्दा राहत मिल्दछ । हाल नेपालमा लघुबीमा कम्पनीहरू छैनन् । यसको कार्य भएका बीमा कम्पनीहरूले गरिरहेका छन् तर तिनले उपयुक्त सेवासुविधा प्रदान गर्न सकेका छैनन् ।
मोबाइल नेटवर्कको प्रयोग गरी आजभोलि बीमा गर्न सकिन्छ । यसलाई मोबाइल लघुबीमा पनि भनिन्छ । मोबाइलको नेटबर्क प्रयोग गरेर बीमा गर्ने, बीमाशुल्क तिर्ने, बीमा पोलिसी बेच्ने, दाबी भुक्तानी गर्ने, बीमा गर्न आहृवान गर्नेलगायत कार्य गर्न सकिन्छ । मोबाइल माइक्रोइन्स्योरेन्स मोबाइल प्रणालीको विकाससँग पनि जोडिएको हुन्छ । यसलाई न्यूनतम आम्दानी भएका व्यक्तिको आवश्यकता र सुरक्षाका लागि प्रयोग गर्न सकिन्छ । यसले कम्पनीका एजेन्टहरूलाई न्यून आय भएका गरिब समुदायसम्म पुग्न मद्धत गर्दछ । न्यून आय भएका र बैंकिङ पहुँचबाट टाढा रहेका मानिसलाई बीमाकर्ताले यसै नेटवर्कको माध्यमबाट सेवा उपलब्ध गराउन सक्दछ । यसले प्रशासनिक खर्चमा कमी, सेवासुविधा छिटो, सरल र सहज बनाउँदछ ।
ग्रामीण क्षेत्रका अति विकट, उच्च हिमाली क्षेत्रमा बसोवास गर्ने जनसंख्यालाई स-सानो बीमा गराई सानै प्रिमियमको रकम बचत लघुबीमा उपयुक्त माध्यम हो । उनीहरूसँग ठूलो रकमको बीमा गर्न सक्ने आम्दानी हुँदैन ।
नेपालजस्तो पिछडिएको गरिब समाजका लागि यो उपयुक्त र सहज विधि हो । बीमाको पहुँच नभएका र सञ्चारको विकास भइसकेको स्थानमा यसबाट उचित प्रतिफल लिन सकिन्छ । नेपालमा गरिबीको संख्या उच्च रहे पनि मोबाइल नेटवर्कको प्रयोगकर्ता भने अधिक छन् । कूल जनसंख्याको १३३ प्रतिशतभन्दा बढीले मोबाइल नेटवर्क सेवाको सुविधा प्रयोग गरिरहेका छन् । नेपालमा सञ्चालनमा रहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका भ्वाइस ग्राहक ४ करोड १२ लाखभन्दा बढी रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाइरहेको छ । अहिले अति दुर्गममा रहेका बासिन्दासँग मोबाइल रहेको र मोबाइल डेटाहरू पनि उनीहरूले चलाइरहेका छन् । यसले गरिबीसँग मोबाइल नेटवर्कलाई जोडन सहजीकरण गरेको छ ।
ग्रामीण क्षेत्रका अति विकट, उच्च हिमाली क्षेत्रमा बसोवास गर्ने जनसंख्यालाई ससानो बीमा गराई सानै प्रिमियमको रकम बचत लघुबीमा उपयुक्त माध्यम हो । उनीहरूसँग ठूलो रकमको बीमा गर्न सक्ने आम्दानी हुँदैन तर सानै रकमबाट बीमा गर्दा उनीहरूलाई सामान्य परिवार धान्न सहजता हुन्छ । घरको मूली कमाउने खुवाउनेमा कुनै विपत्ति आएमा परिवारले उचित राहत पाउँदा उनीहरूको जीवनस्तर सडकमा आइहाल्दैन । जसले उनीहरूलाई राहतको आभाष सिर्जना गर्दछ । मोबाइलको विकास र लघुबीमाको अभियान सँगसँगै अगाडि बढाउन सकेमा ग्रामीण गरिबी र सूचना प्रविधि दुवैमा सकरात्मक परिवर्तन हुनसक्ने देखिन्छ ।
सूचना सञ्चार र प्रविधिको सहजीकरण आजको आवश्यक्ता हो । हिजोआज विश्वका आममानिस मोबाइल नेटवर्कसँग जोडिएका छन् । यसकै माध्यमबाट नेटवर्कमैत्री एपहरूको प्रयोग गर्दै आयस्तर बढाउन सुसूचित गर्न जरुरी छ । उनीहरूलाई हातहातमा रहेको मोबाइल नेटवर्कको पहुँचमा पुर्याई लघुबीमातर्फ आकर्षित गर्न सकिन्छ । यसका लागि सरकारले सार्वजनिक रूपमै जनचेतना फैलाउने कार्य गर्नुपर्ने देखिन्छ । (आचार्य अर्थशास्त्रको लेक्चरर हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच