थाइल्याण्डमा प्लास्टिक सर्जरी गरेर लागुऔषध ब्यापार गर्ने पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

बैंकक । थाइल्यान्डका एक लागुऔषध व्यापारीले प्रहरीबाट जोगिन प्लास्टिक सर्जरी गरेको खुलेको छ ।

यसै साता बैंककवाट पक्राउ परे पछि उनले पलास्टिक सर्जरी गरेर अपराध लुकाउन खोजेको रहस्य खुलेको हो ।

न्यज स्काई डटकमकाअनुसार आफ्नो अपराधको दुनियाँ लुकाउनका लागि ‘कोरियाली व्यक्ति जस्तो’ मात्रै बनेनन, थाइल्याडको नाम सहारत सवाङजेङले नाम पनि बदलेर कोरियालीमा सेआङ जिमिन राखेका थिए ।

पलास्टिक सर्जरी गरेर रुप बदलेका २५ बर्षिया उनलाई  थाइल्याण्ड प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो । उनले बेचेको लागुऔषध पिछा गर्दै जाँदा उनी बैंककमा पक्राउ परेका हुन् ।

उनको बारेमा जानकारी दिनेहरुले उनलाई ‘सुन्दर कोरियाली युवा’ भन्ने गरेका थिए । प्रहरीकाअनुसार पक्राउ पर्दा उनले आफू थाइल्यान्डमा बस्न दिक्क लागेर कोरियामा नयाँ जीवन सुरु गर्न चाहेको बताएका छन् ।

थाईल्याण्ड प्रहरीकाअनुसार उनी यसअघि तीन पटक गरी तीन वर्ष जेल बसिसकेका थिए भने पछिल्लो पटक हिरासतबाट भागे पछि प्लास्टिक सर्जरी गरेर लागु औषधको ब्यापार गरिरहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?