सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ।

वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गर्नुभएको हो।

हाल अधिकांश मन्त्रालय आफैँले सम्हाल्दै आउनु भएको प्रधानमन्त्री प्रचण्डले केही दिन अघि मात्र २/४ दिनमै सरकारलाई पूर्णता दिएर डेलिभरी दिने तिर लाग्ने बताउनु भएको थियो ।

२५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले सांसदका आधारमा दशदलीय गठबन्धनमा भागबन्डा मिलाउने गरी प्रस्ताव अघि सार्ने गरी तयारी थाल्नुभएको छ।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी भागबन्डाको खाका तयार पारेको र त्यसमा आज छलफल हुनसक्ने उहाँ निकट एक नेताले बताए ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र उसलाई पनि सँगै कसरी लिएर जाने भन्ने विषयमा समेत छलफल हुनसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?