३६ वर्षमा कंगना

Read Time = 2 mins

मुम्बई । बलिउड क्वीन कंगना रनौतले आफ्नो ३६औं जन्मदिन मनाउनुभएको छ । उहाँले बिहीबार आफ्नो ३६औं जन्मदिन मनाउनुभएको हो । जन्मदिनको अवसरमा कंगनाले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै आफ्नो परिवार, गुरु र फ्यानलाई धन्यवाद दिनुभएको छ । भिडियोमा उहाँले यी सबैबाहेक आफूलाई ट्रोल गरिरहने मानिसहरूलाई पनि धन्यवाद दिनुभएको छ ।

कंगना रनौत उत्कृष्ट अभिनयका अलावा आफ्नो स्पष्ट बोलीका लागि पनि परिचित हुनुहुन्छ । वर्कफ्रन्टको कुरा होस् वा सामाजिक मुद्दा, उहाँले सधैं खुलेर आफ्नो विचार व्यक्त गर्नुहुन्छ । जसका कारण उहाँलाई धेरै पटक ट्रोल पनि गरिएको छ । तर, कंगनाले पहिले नै आफूलाई ट्रोलको कुनै आपत्ति नरहेको बताउनुभएको छ । यी कुराहरूले उनीहरूलाई अगाडि बढ्न मद्धत गर्छन् ।

कंगनाले भन्नुभएको छ, ‘जन्मदिनको अवसरमा म मेरा आमाबाबुप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । म मेरो आमाबुवा, मलाई जन्म दिनुहुने मेरी कुलदेवी आमा अम्बिका जी, मेरा सम्पूर्ण गुरुहरू श्री सद्गुरु जी, स्वामी विवेकानन्द जी, मसँग काम गर्ने मेरा सबै प्रशंसकहरू, शुभचिन्तकहरू, मेरा प्रशंसकहरूप्रति कृतज्ञता व्यक्त गर्दछु ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?