मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सरकार र प्रतिपक्ष एक हुनुको विकल्प छैन : डा. कोइराला

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमती कायम गरेर अघि बढन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउनका लागि सबै मन्त्रीहरुलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिनु भयो । नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरुसँग मुलुकको आर्थिक संकटबारे गम्भिर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढन राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अव हामी ढिलो नगरी जनअपेक्षा अनुसार संसद, सरकार, प्रतिपक्ष सबै एकठाउँमा उभिएर नागरिकत चिन्तालाई सम्बोधन गर्न अगाडि बढनुको विकल्प छैन । हाम्रा आफ्नै विगतमा कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुडकिलो हो भन्ने मलाई लाग्छ । सम्मानित संसद समक्ष म मेरो विचारहरु राखिरहँदा मेरो आँखा अगाडि गत निर्वाचनमा लामवद्ध भएर भोट हालीरहेका सधै मलको अभावबाट पीडित किसानहरुको अनुहार अगाडि आउँछ । लाखौं युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि मलेशिया र खाडीका तातो भूमिहरुमा गएका दृष्यहरु नाँच्दछ । राम्रो शिक्षा र रोजगारीको खोजिमा पश्चिम युरोप, अष्ट्रेलिया, अमेरिकालगायतका संसारका कुनाकुनामा जान ज्यान फालेर लागेका युवाहरुको अनुहार अगाडि आउँछ । यिनीहरुलाई केन्द्रमा राखेर हामी हाम्रो सम्पूर्ण अर्थ राजनीतिको नयाँ पैया सुरु गर्न कहिलेबाट सुरु गर्ने हो ? आजको मूल प्रश्न यही हो भन्ने मलाई लाग्दछ । गत केही महिनादेखि देशका मूर्धन्य अर्थविद्, उद्योगपति, व्यवसायी, व्यापारी, उत्पादनका क्षेत्रमा लागेका साना, ठूला अनेक समूहसँग अन्तरक्रिया गर्ने मौका पाए । छलफलका क्रममा उहाँहरुका समस्याका बारेमा भर मग्दुर बुझने प्रयास गरेँ । सबै राजनीतिक दल र सरकार मेरो विनम्र अनुरोध छ–देशको सवल अर्थतन्त्रका लागि समयसमयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलहरुले बुझाएका प्रतिवेदनहरुलाई आधार मानेर अनुत्पादक फजुल खर्चहरु कम गर्ने दिशातिर राजनीतिक सहमती कायम गरेर अगाडि बढौं । नागरिक विश्वास र संसदको समर्थनबाट देशमा देखा परेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ । यसका लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्रै प्रर्दशन गरेर पुग्दैन । सम्पूर्ण मन्त्रीमण्डललाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न सक्नु पर्दछ । समाजवाद भ्रष्टाचारको जगबाट आउँदैन । समन्यायिक समाज बनाउन उस्तै खालको विचार र दृष्टिकोण चाहिन्छ । साझा संकल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न जरुरी छ । विश्वबाट लगानीका अवसरहरु नेपाल भित्र्याएर रोजगारीको अवसर सृजना गर्न सम्भव हुन सक्छ । विश्वव्यापी रुपमा बैंकिङ क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठीरहेको छ । हामो देशले पनि युरोप र अमेरिकाजस्ता देशहरुले भोग्नु परेको बैकिङ संकट भोग्न नपरोस भन्नका निम्ति अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ, विशेषज्ञको सल्लाहबाट अगाडि बढन म अनुरोध गर्दछु । राजनीतिक नेतृत्वमा पनि आम जनताको विश्वास घटेपछि सवल अर्थतन्त्र धराशायी बन्न समय लाग्दैन । त्यसैले अहिलेको असहजताको सम्बोधन परम्परागत टालटुले विधिबाट होइन । दीर्घकालीन रुपबाटै निकास निस्कने गरी सरकारले काम गरोस् ।’

नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढनुपर्ने भएकाले सोही अनुसार विज्ञहरुको परामर्श लिएर अघि बढन पनि सरकारलाई सचेत गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?