विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटका लागि नेपालको महिला टोलीको प्रारम्भिक घोषणा गरेको छ । महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्नुभएको हो । नेपाली प्रारम्भिक टोलीमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैशी, हिराकुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे रहनुभएको छ ।

यस्तै, टोलीमा प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सरु लिम्बू, रेनुका नगरकोटे, सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अञ्जली वाइबा, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मञ्जलीकुमारी योञ्जन, चन्द्रा भण्डारी, प्रतीक्षा चौधरी, मेनुका आले मगर र सारा बज्राचार्यसमेत समेटिनुभएको छ ।

टोलीको बन्द प्रशिक्षण फागुन १९ गतेदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ । सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू नेपालमा हुँदैछन् । नेपाल रहेको समूह ‘सी’ मा अफगानिस्तान र भियतनाम छन् । अफगानिस्तानले अप्रिल ५ मा भियतनामसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल अप्रिल ८ मा अफगानिस्तानसँग खेल्नेछ । अप्रिल ११ मा भियतनामसँग खेल्नेछ । खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

मार्केटिङ अधिकार एमडिएसलाई
यस्तै, एन्फाले शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको मुख्य प्रायोजकबाहेक मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडिएस स्पोर्ट्स प्रालिलाई बेचेको छ । एन्फाले आहृवान गरेको टेण्डर प्रक्रियाबाट एमडिएससीले भ्याटबाहेक एक करोड ९७ लाख रुपैयाँको कबोल गरेको थियो ।

एन्फा र एमडिएस स्पोर्ट्स प्रालिबीच सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एन्फाका तर्फबाट महासचिव किरण राई र एमडिएस स्पोर्ट्स प्रालिका तर्फबाट अर्जुन घिमिरेले हस्ताक्षर गर्दै आदान-प्रदान गर्नुभएको थियो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९ यही फागुन १९ गतेबाट सुरु हुदैछ । लिग तीन स्थान- दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्सको खेल मैदानमा डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?