स्वावलम्बनको २१ प्रतिशत लाभांश पारित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा भएको साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

संस्था आर्थिक वर्ष २०७८/०७९ मा २९ करोड ५ लाख १४ हजार एक सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । चालु आवको पुस मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा नौ इलाका कार्यालयमार्फत् दुई लाख ६३ हजार ७० महिला ग्राहक सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाको लगानीमा रहेको कर्जा रकम २० अर्ब ७० करोड ५० लाख पुगेको छ भने सदस्यको बचत १२ अर्ब ६९ करोड सात लाख रहेको छ । संस्थाको अधिकृत पुँजी दुई अर्ब र जारी तथा चुक्ता पुँजी एक अर्ब २९ करोड चार लाख ९५ हजार पाँच सय कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

साथै साधारणसभाले अन्य इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्था मर्जर/प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक कार्य अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनी सचिव गोविन्द चापागाईंले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?