ओस्करमा ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स’लाई सर्वोत्कृष्ट चलचित्रको पुरस्कार

Read Time = 4 mins

क्लालिफोर्निया । विश्वकै सबैभन्दा प्रतिष्ठित चलचित्र पुरस्कार-ओस्कर अवार्डको ११ वटा विभिन्न विधामा मनोनयनमा परेको ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स’ ले सर्वोत्कृष्ट चलचित्रको पुरस्कार जित्न सफल भएको छ । अमेरिकाको क्लालिफोर्नियास्थित लस एन्जिलसमा आयोजना ओस्कर अवार्डको ९५औं संस्करणको समारोहमा उक्त चलचित्र सातवटा विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएको हो ।

उक्त चलचित्रका निर्देशकद्वय ड्यानियल क्वान र ड्यानियल स्केनर्ट सर्वोत्कृष्ट चलचित्र निर्देशक घोषित हुनुभयो भने मिशेल ईओले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जित्न सफल हुनुभयो । सर्वोत्कृष्ट चलचित्र अभिनेताको पुरस्कार ‘द ह्वेल’ का ब्रेन्डन फ्रेजरले चुम्नुभयो ।

त्यस्तै ‘एभ्रिथिङ एभ्रिवयर अल एट वान्स’ कै कलाकारहरू के हुई क्वानले सर्वोत्कृष्ट सहायक अभिनेताको र ज्यामी ली कर्टिसले सर्वोत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार चुम्न सफल हुनुभयो । कर्टिसले उहाँको ४५ वर्षे कलाकारिताको करिअरमा पहिलो ओस्कर अवार्ड चुम्नुभएको हो ।

‘एभ्रिथिङ एभ्रिवयर अल एट वान्स’ले सर्वोत्कृष्ट पहिरन, सर्वोत्कृष्ट पटकथा र सर्वोत्कृष्ट चलचित्र सम्पादन पुरस्कार पनि जित्न सफल भयो । नौ विभिन्न विधामा मनोनित भएको जर्मन भाषामा निर्मित युद्धविरोधी चलचित्र ‘अल क्वाइट अन द वेष्टर्न फ्रन्ट’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र, सर्वोत्कृष्ट छायांकन, सर्वोत्कृष्ट ओरिजिनल स्कोर सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन पुरस्कार जितेको छ ।

‘नाटु-नाटु’ ले जित्यो ओस्कर अवार्ड
भारतीय चलचित्र आरआरआरको गीत ‘नाटु–नाटु’ले ‘वेष्ट ओरिजनल सङ्स’ क्याटेगोरीमा ओस्कर अवार्ड जितेको छ । एसएस राजामौलीको फिल्म आरआरआरको नाटु–नाटु भारतीय प्रोडक्सनमा बनेको पहिलो गीतले ओस्कर अवार्ड जितेको हो ।

नाटु-नाटु गीतमा ओस्करको मञ्चमा फर्फर्म पनि गरिएको थियो, जसलाई दर्शकले धेरै मन पराएका थिए । यसअघि गोल्डेन ग्लोबको ८०औं संस्करणमा ‘नाटु-नाटु’ गीतले ‘वेष्ट ओरिजिनलन संग मोसन पिक्चर’ को अवार्ड पनि जितिसकेको छ ।

ओस्कारमा अर्को भारतीय प्रोडक्सन ‘द एलफेन्ट हृवीस्पर्स’ले सर्वोत्कृष्ट लघु वृत्तचित्रको अवार्ड पनि जित्न सफल भएको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?