काठमाडौं । काठमाडौं र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-२ ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका-१ घर भएका २४ वर्षीय संदिप तामाङ रहेका छन् ।
बाग्मती प्रदेश ०१-००३ क ८६९० नम्बरको मिनी टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएका तामाङको ललितपुरको भैंसेपाटी स्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालकलाई ईलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।
उता सुनसरीको दुहबी नगरपालिका-८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलगंवा नगरपालिका-७ घर भएका २८ वर्षीय रवीन्द्र महरा रहेका छन् । ध १ ख ६४७ नम्बरको बसले पैदलयात्री रवीन्द्रलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको छ । ठक्कर दिने बससहित चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच