सुनको आन्तरिक कारोबार र आयात

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ डा.सुमनकुमार रेग्मी

विषय प्रसंग :
२०७५/०७६ देखि २०७९/०८० समयका अवधिमा कुनै बेला सुन प्रतितोला एक लाख पाँच हजारसम्म अधिकतम बिन्दुमा पुग्यो । तर, पछि यो बिन्दु उकालो लागेर २०७९ चैतमा एक लाख दश हजारसम्म उच्चतम बिन्दुमा पुग्यो । २०७९ चैतमा कायम भएकोे एक लाख दश हजारकोे प्रतितोला सुनको भाउ एक लाख पाँच हजार र एक लाख दश हजार रुपैयाँसम्म तलमाथि गर्दै आएको छ ।

आव २०७४-७५ पछि सुनको आयात हृवात्तै बढ्न थाल्यो । आव २०७३-०७४ सम्म दैनिक आयात कोटा १५ किलोमात्र थियो । तर, २०७४ फागुनबाट सुन आयात कोटा १५ बाट २० अनि २५ किलो बनाइयो । यद्यपि दशैँताका २५-३५ किलोको माग भइआएको भनिन्छ । वाणिज्य बैंकहरूले सुन किलोमा किनी सोहीअनुसार बिक्री गर्दै आएका थिए । तर, सबै गहना व्यवसायीहरूले किलोमा सुन किन्न नसक्दा केही व्यापारीहरू तस्करीका सुनतर्फ आकर्षित भएका पनि थिए । आधिकारीक तथ्यांक अनुसार चालु आव २०७५-०७६ को सात महिना अर्थात् साउनदेखि माघसम्ममा सुनको आयातमा १५.९ प्रतिशतले वृद्धि भई २०.५५ अर्ब रुपैयाँ पुगिसकेको थियो ।

आव २०७४-०७५ मा ६ हजार ५ सय केजी सुन भित्रिएको थियो । तर, २०७३-०७४ मा ६ हजार ४५५ केजी सुन बैंकिङ प्रणालीबाट आयात भएको थियो । बैंकिङ प्रणालीबाट सुन आयात भए पनि देशभित्र सुन कारोबारका विकृत रूप अनेक छन् । चीनबाट हुने धेरैजसो आयात रसुवागढी नाकाबाट हुँदै आएको छ । नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय नाकाका रूपमा विस्तार भइरहेको रसुवागढी नाकाबाट पछिल्ला समय धमाधम सुन बरामद हुनुले तस्करी बढेको पुष्टि गर्दछ । रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै तस्करी भइरहेको सुन तिब्बतबाट गोरखा, मनाङ, लमजुङ बाटो हुँदै तस्करी हुन थालेको छ ।

अघिअघि यस रुटमा तस्करीको कुनै छनक नपाइए पनि समातिएका घटनाले सुन तस्करी नयाँ मार्गको प्रवेश भएको देखिन्छ । यसले छाया अर्थतन्त्रलाई सघाउ पुर्‍याउँदै आएको छ । सुन ठगी, सुन बरामद र अवैध सुन ओसारपसार भएका जिल्लाहरूमा बारा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लामजुङ, आदि छन् । विदेशबाट अवैध सुन भित्रिएका देशहरूमा युएई, कतार आदि मुख्य छन् । तर वैध सुन नेपालमा दक्षिण अफ्रिका, युएई, हङकङ, स्विजरल्याण्ड लगायत देशहरूबाट आयात हुँदै आएको छ ।

बैंकिङ प्रणालीबाट सुन आयात भए पनि देशभित्र सुन कारोबारका विकृत रूप अनेक छन् । नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय नाकाका रूपमा विस्तार भइरहेको रसुवागढी नाकाबाट पछिल्ला समय धमाधम सुन बरामद हुनुले तस्करी बढेको पुष्टि गर्दछ ।

सुन आयात, लगानी निरुत्साहित गर्न, अर्थतन्त्रमा सुनको आयात तथा कारोबारले असर नगर्न केन्द्रीय बैंकले कार्यबिधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधि र निर्देशिकामा संशोधनको कुरा चले पनि अगाडि बढ्न सकेको देखिँदैन । यसरी सशोधन गरेर प्रतिस्पर्धा गरेर स्वस्थ सुन कारोबार वातावरण किन हुँन जाँदैन खोजीको कुरा छ । यस्ता कुराले नेपाली अर्थतन्त्रमा दैनिक अर्थतन्त्रका सूचकका समायोजन हुन जाँदैन र अर्थतन्त्रमा नकारात्मक असर पर्न जाने हुन्छ ।

देशभर करिब २०-२३ हजार गहना व्यावसायीका सुन पसल छन् । दुई लाख मानिसहरूले यस क्षेत्रमा रोजगार पाइआएका छन् भनिन्छ । तर, अर्बौंको सुन आयात भएका देशमा दुई लाख मानिसहरूले मात्र यस क्षेत्रमा रोजगार पाएका छन् । यत्रोविधि सुनको आयात हुने देशमा त लाखौं-करौडौंले रोजगार पाएको अवस्था हुनुपर्दथ्यो । सुन कहाँ जान्छ त ?

सुन आयातलाई व्यवस्थित गर्न र देशको शोधनान्तर स्थिति सन्तुलन गर्न नेपाल राष्ट्र बैंकले २०६६ सालमा कार्यविधि बनाएको थियो । कार्यविधि अनुसार कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । हाल कार्यविधि अनुसार बैंकबाट व्यवसायीले दैनिक २५ किलो सुनमात्रै किन्न पाउँनेथिए तर युक्रेन युद्ध, कोरोना २०१९, अरनिको राजमार्ग बाढी, प्रकरण सुन कोटामा पनि तलमाथि हुँदै आएको छ ।

बजार भाउका उतारचढावले अरू अर्थतन्त्रका सूचकमा असर :
बाहृय बजारमा सुनको भाउ निकै ओरालो लागेको बेला नेपालमा २०७३ मंसिरतिर फेरि ५५ हजार ४ सय रुपैयाँसम्म आएको थियो । २०७३ भदौतिर सुन प्रतितोला ५९ हजार ३ सय भएको थियो । तर २०७३ कात्तिकतिर सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँ थियो । २०७३ कात्तिकतिर अमेरेकी राष्ट्रपतिका रूपमा डोनाल्ड विजय भएपछि संसारभरको शेयर, सुन र मुद्राबजारमा उतारचढाव भएका कारण सुनको मूल्य आकाशिएकाले सुन प्रतितोला ५६ हजार ९ सय रहेको थियो । २०७४ असारतिर प्रतितोला सुनको मूल्य ५४ हजार आठ सय रहेको देखिन्छ ।

२०७४ माघतिर सुनको भाउ प्रतितोला ५६ हजार देखि ५७ हजार ८ सय रुपैयाँ रहेको देखिन्छ । सुनको भाउ बाहृय बजारमा घटबढ भएनुसार नेपालमा यसको भाउमा असर पर्दै आएको देखिन्छ । २०७५ असोजमा ५८ हजार एक सय रहेको छ तर कात्तिक-मंसिरतिर प्रतितोला सुनको बजार भाउ ५९ हजार रुपैयाँको हाराहारीमा रहन गयो । सुनको भाउ तलमाथि जान कुनै वैज्ञानिक आधार नेपालमा नभएको देखिन्छ । हरेकले आफ्नै तर्कले सुनको भाउ बढ्ने कारण राख्दछन् तर जे कारण दिए पनि चुहिएको माटाको भाँडो जस्तो अर्थतन्त्रमा जे भने पनि मिल्छ ।
२०७३ साउनतिर अफसिजन भन्दै व्यवसायीले सुन खरिद गर्न छाडेपछि बैंकको सुन बिक्री हुन छाडेको विगतको अनुभव रहिआएको छ ।

विगतमा कुनै महिना सुन आयात नभए पनि व्यवसायीहरूले सुन नकिनेका कारण विभिन्न बैंकमा करिब ४ सय केजी सुन थुप्रिएको घटना छ । २०७३ अघिका वर्षमा अफसिजनमा पनि दैनिक २० देखि २५ केजीसम्म सुनको कारोबार हुने गरेकोमा २०७३ मा १० केजी मात्रमा सीमित हुनपुगेको थियो । तर, सिजनमा भने नेपाली बजारमा दैनिक ३५ देखि ४० केजीसम्म सुनको माग हुँदै गरेको बताइन्छ । अझ केही वर्षमा व्यवसायीहरू वार्षिक ५० किलो सुनको माग भन्न अब पछि पर्ने छैनन् ।

२०७२ साल चैतमा प्रतितोला सुन ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मूल्य घटबड हुँदै २०७३ कात्तिकमा प्रतितोला ५८ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । त्यसपश्चात निरन्तर घटेको थियो । अमेरिकी राजनीतिको उतारचढावका कारण डलर कमजोर भएर सुनको भाउ एकै दिन १३ सय बढेको र फेरि भोलिपल्ट १४ सय रुपैयाँले घटेको थियो । त्यसपश्चात सुनको भाउ घट्न थालेको थियो ।

चाँदी त्यसताका प्रतितोला ७ सय ९५ रुपैयाँ थियो । त्यसबेला राष्ट्र बैंकले सुनको कोटा वृद्धि नगर्दा बजारमा सामान्य अभाव देखिएको थियो । २०७२ माघमा सुन प्रतितोला ४८ हजार थियो भने २०७५ कात्तिक-मार्गमा ५८ हजार १०० जति पुगेको थियो । २०७५ माघतिर प्रतितोला ६३ हजार ३ सय पुगेको देखिन्छ । फेरि झरेर कति पुग्यो त ? २०७५ चैततिर त ६० हजार ५०० पुगेको अवस्था छ ।

नेपालमा २०७३ मंसिरतिर फेरि ५५ हजार ४ सय रुपैयाँसम्म आएको थियो भने विगतमा यो एक तोलाको ६६ हजार पुगेको थियो । यसबाट के हुन्छ भने अर्थतन्त्रमा यसले असर गर्दछ र खराब गर्दछ । नेपालको आन्तरिक बजारको लागि आवश्यक सुनको परिमाणमा पुग्ने गरी आपूर्ति व्यवस्था मिलाउन नसकिएकाले २०६६ सालदेखि सुनको आयातमा कोटाको व्यवस्था गरी दैनिक निश्चित परिमाणमा सुन आयात गर्नको लागि बैंकर्स संघको सिफारिसमा मात्र गर्न पाउने र बैंकहरूले मात्र सुनको आयात गर्न पाउने गरी व्यवस्था भइआएको देखिन्छ ।

तर २०६६ देखि निरन्तर भइरहेको सुनको आपूर्तिको तोकिएको परिमाणले पार्ने विभिन्न नकारात्मक असरबाट २०७६ साल आइपुग्दा यो व्यवसायमा असर पर्दै आएको छ । तर, नेपाल बैंकर्स संघको स्वीकृतविना नै विभिन्न २३ वटा वाणिज्य बैंकमार्फत सुन आयात भएको भनिन्छ । २०७३ मार्गतिर दैनिक नेपालमा औसत २२ करोड ५० लाख (एक किलो सुनबराबर ५५ लाख) रुपैयाँको गहना बिक्री हुनेगरेको थियो । सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको थियो ।

कार्यविधि अनुसार बैंकमार्फत व्यवसायीले दिनको १५ किलो सुरुतिर पाउँदै आएको थिए । यत्रोबिधि सुनका कारोबार हँुदा देशमा चाँदी तथा सुनका गहनाका निकासी अरबौं रुपैयाँमा हुनु पर्दथ्यो । आव २०७१-०७२ देखि नै सुनचाँदी व्यवसायलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन वैज्ञानिक निर्देशिका बनाउने तयारीमा लाग्दालाग्दै पनि २०७५-०७६ सम्म पनि भएको देखिँदैन ।

सुनचाँदी व्यवसायलाई गुणस्तरयुक्त, मिसावटरहित र व्यवस्थित गर्न स्पष्ट ऐन, कानुन तथा नीतिहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आवश्यक भएको देखिन्छ । यद्यपि सुन आयातलाई व्यवस्थित गर्न र देशको शोधानान्तर स्थिति सन्तुलन गर्न राष्ट्र बंैकले २०६६ सालमा कार्यबिधि बनाएको थियो । कार्यविधि अनुसार कोटा प्रणालीमा सुन आयात र वितरणसम्बन्धी व्यवस्था गर्दै आएको छ । कार्यबिधि अनुसार बैंकबाट व्यवसायीले दैनिक १५ किलोपछि २० किलो र त्यसभन्दा पछि २५ किलो किन्दै आएका थिए तैपनि अपुगको माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?