सञ्जय र पुष्पालाई हाफ म्याराथनको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

झापा । झापामा सम्पन्न सहारा हाफ म्याराथनको उपाधि महिलातर्फ एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जित्नुभएको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनमा रजत पदक जितेकी पुष्पाले चारपाने झापामा मंगलबार १ घण्टा २१ मिनेट १७ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जित्नुभयो ।

सञ्जयले निर्धारित दूरी १ घण्टा ६ मिनेट २२ सेकेण्डमा पूरा गर्नुभयो । पुष्पा र सञ्जयले उपाधिसहित ५१ हजार रुपैयाँ प्राप्त गर्नुभयो । महिलातर्फ नेपाल प्रहरीकी रेखा विष्टले निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । दोस्रो हुनुभएकी रेखाले ३१ हजार र सुमित्राले २१ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोेले १ घण्टा ७ मिनेट १७ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गर्नुभयो । आर्मीका मोहनदेव जोशीले १ घण्टा ७ मिनेट २२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । सिमिओनले ३१ हजार र मोहनदेवले २१ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै शकुन्तला विक दशौँ हुनुभयो । पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत सातौँ हुनुभयो । पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दशौँ हुनुभयो ।

चौथोदेखि दशौँसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कारस्वरूप नगद पाँच हजार र प्रमाणपत्र पाउनुभयो । सहारा नेपाल साकोसले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको प्रतियोगितामा महिला तथा पुरुष गरी ५ सय ३४ जना धावकहरूले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?