सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू भन्ने आदेश दिनुभएको हो ।
आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो ।

साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ ।

यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् ।

एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् । उनी थुना बाहिर रहेर कानुनी संघर्ष गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?