खोटाङमा दुई मोटरसाइकल ठोक्किए, एक जना गम्भीर

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङमा एकआपसमा मोटरसाइकल ठक्कर खाई दुर्घट्ना हुँदा एकजना गम्भीर घाईते भएका छन् । अन्य दुईजना सामान्य घाईते भएका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको काँडेस्थित सडकखण्डमा मंगलबार मध्यान्ह १२ः२५ बजे दिक्तेलबाट मुडेतर्पm जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाईकल विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ६८६ नम्बरको मोटरसाईकलसँग ठोक्किदा बा ६६ प १११४ मोटरसाइकलको पछाडी बस्ने सोही नगरपालिकाको नुनथलाका अन्दाजी १८ वर्षीय निश्चल राई गम्भीर घाईते भएका हुन् ।

गम्भीर घाईते राईको टाउको, अनुहार, हातखुट्टा र शरीरका अधिकांश भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको दिक्तेल रत्नपार्कमा अवस्थित फेमेली केयर अस्पतालमा उपचार भईरहेको र थप उपचारका लागि हेलिकोप्टमाफर्त काठमाण्डौ लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

निश्चल नेर्पामा बसेर अध्ययन गर्दै गरेको बुझिएको छ । उनी चढेको मोटरसाइकल २७ वर्षीय अगम राईले चलाएका थिए । दुर्घट्नामा अगम र बा ६० प ६८६ मोटरसाइकलका चालक बाम्राङका १७ वर्षीय अश्विन राई मध्यम घाइते भएका छन् । उनीहरुको पनि फेमेली केयर अस्पतालमा उपचार भईरहेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?