संघीय संसदका दुवै सदनको बैठक बस्दै (संभावित कार्यसूचिसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । जसअन्तर्गत प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने छ । त्यस्तै राष्टिय सभा दिउँसो २:३१ मा बस्ने भएको छ ।

संघिय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?