अमेरिकी डलरसँगै बढयो युरोको भाउ

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

अमेरिकी डलरको भाउ १२ पैसाले बढेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम गरिएको छ । यसअघि बिहीबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १३ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरो १५ पैसाले बढेको छ । शुक्रबार युरो एकको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ एक पैसा कायम गरिएको छ। बिहीबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो।

शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसाले घटेको हो । बिहीबार यसको खरिदमूल्य १६३ रुपैयाँ २ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

यता, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा कायम गरिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

शुक्रबार मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४१ पैसामा पाइने छ ।

उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ १६ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?