मई दिवसको सार्थकता

विश्वनाथ खरेल
Read Time = 14 mins

विश्वभरिका श्रमिकहरूले आफ्नो विजय उत्सवको रूपमा मनाइने यो दिवसले सधैं नै उत्तिकै महत्व राख्छ । यसरी विश्वमा पहिलोपटक आफ्नो वर्गको अधिकार स्थापना गर्न सफल भएकाले यो दिनले विश्वव्यापी महत्व पाएको हो फलतः जतिबेला श्रमजीवीवर्गले आफ्नो अधिकार के हो भनेर भर्खर–भर्खर सुसूचित हुन प्रारम्भ गर्दै गरेका अवस्थामा उठेको आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा बोकेर अमेरिकाको सिकागो शहरका श्रमिकहरूले गरेको मजदुर आन्दोलनमाथि भएको भीषण दमनपश्चात् प्राप्त सफलताको सम्झनामा विश्वव्यापी रूपमा मजदुरवर्गले मनाउने गरेको यो दिवसले संसारभरिका मजदुरवर्गको जीवनमा ठूलो अर्थ राख्छ ।

यसैक्रममा सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घण्टासम्म काममा लाग्नुपर्ने बाध्यता व्यहोरिरहेका थिए । जसको विरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो । यसरी अमेरिकास्थित सिकागो शहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठूलो हलचल पैदा गर्‍यो, फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा १९१७ को अक्टोबर क्रान्ति सम्पन्न भयो र विश्वकै इतिहासमा पहिलो पटक श्रमजीवीवर्गको समाजवादी राज्य सत्ता स्थापना भयो । हुन त सन् १८७० मा भएको पेरिस कम्युनिष्टको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो । तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा गर्‍यो । त्यतिमात्र होइन रुसी क्रान्ति मजदुरवर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो । यसको साथसाथै अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै देशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ ।

मुलुकमा सर्वप्रथम विसं २००३ मा विराटनगर जुट मिलका मजदुरहरूले आफ्ना हक, हित र अधिकारका लागि आन्दोलन गरेका थिए भने विसं २०१९ देखि मजदुर दिवस नियमित रूपमा मनाउन थालिएको हो । तर विसं २०४६ को राजनीतिक परिवर्तनपछि मात्र श्रमिकहरूले यस दिनलाई विभिन्न कार्यक्रमका साथ खुला वातावरणमा मनाउन थालेका हुन् । मूलतः देशमा श्रमलाई व्यवस्थित गर्न विभिन्न ऐन, कानुन र नियमको तर्जुमा गरिएको छ । तर तिनको पूर्ण कार्यान्वयन हुनसकेको छैन । विसं २०४६ को परिवर्तनपछि मजदुरको हकहितका लागि ट्रेड युनियनहरूको गठन भएको र तिनको सक्रियताले संगठित क्षेत्रका मजदुरहरू पछिल्ला दिनमा केही सुरक्षित भए पनि असंगठित क्षेत्रमा ठूलो संख्यामा कार्यरत मजदुरको स्थिति दयनीय छ । उनीहरूले श्रमको उचित मल्य पाए-नपाएको ख्याल राख्ने काम हुनसकेको छैन भने यसले उनीहरूमाथि न्याय हुन सकिरहेको छैन । यसले गर्दा मजदुरहरू त्रासमा रहनुपर्ने अवस्था विद्यमान छ ।

मूलतः देशमा श्रमलाई व्यवस्थित गर्न विभिन्न ऐन, कानुन र नियमको तर्जुमा गरिएको छ । तर तिनको पूर्ण कार्यान्वयन हुन सकेको छैन । विसं २०४६ को परिवर्तनपछि मजदुरको हकहितका लागि ट्रेड युनियनहरूको गठन भएको र तिनको सक्रियताले संगठित क्षेत्रका मजदुरहरू पछिल्ला दिनमा केही सुरक्षित भए पनि असंगठित क्षेत्रमा ठूलो संख्यामा कार्यरत मजदुरको स्थिति दयनीय छ ।

नेपालको मजदुर आन्दोलनका अगुवाहरू असफल राजनीतिक नेतृत्वको झोला बोक्नमा व्यस्त छन् भने मजदुर नेतृत्वले श्रमजीवीवर्गको आधारभूत मागहरूलाई सम्बोधन गर्न नसकेको अवस्था छ । यसरी ट्रेड युनियन महासंघहरू नेपालको ट्रेड युनियन आन्दोलनलाई आईएनजीओको पोल्टामा हाल्ने होडबाजीमा छन् र मजदुर आन्दोलनलाई निरन्तर प्रतिगामी दिशातिर धकेलिरहेका छन् । अहिले देशको मजदुर आन्दोलन सैद्धान्तिक रूपमा ट्रेड युनियनवाद र अर्थवादमा फसेको छ । यसरी नै मजदुर आन्दोलनले नेपाली समाजमा जुन प्रकारको राजनीतिक योगदान दिनुपर्ने हो त्यो गर्न नसक्ने असक्त र बिरामी भएको छ ।

नेपाली मजदुर आन्दोलन दृष्टिहीन र दिग्भ्रमित नेतृत्वको सिकार बनेको छ । जसका कारण हालको मजदुर आन्दोलनले न उत्पादन क्षेत्रलाई वैज्ञानिक र आधुनिक बनाउन योगदान गर्न सकेको छ, न श्रमजीवीवर्गलाई राजनीतिक रूपमा सचेत र जुझारु तथा नेतृत्वदायी बनाउन सकेको छ । मात्र नेपाली मजदुरवर्गको दारुण अवस्थालाई प्रदर्शन गर्दै डलरको खेती गर्न मात्र अग्रसर देखिएको छ । नेपाली मजदुरवर्गको दैनिक जीवनस्तर खस्कँदै गएकोप्रति ट्रेड युनियन नेतृत्व मौन छ । श्रमजीवीवर्गको जीवनस्तर उठाउन ट्रेड युनियन नेतृत्वले जुन भूमिका खेल्नुपर्ने हो त्योबारे ऊ अनभिज्ञ छ कि त गैरजिम्मेवार छ । राजनीतिक दलको कठपुतली बनेर मजदुरवर्गको हित हुन सक्दैन ।

अतः मजदुर आन्दोलनले आफ्नो स्वतन्त्र भूमिका खोज्नुपर्छ, उसँग राजनीतिक विचार हुन सक्छ तर मजदुर आन्दोलनलाई मजदुरवर्गीय सोच र चरित्रबाट निर्देशित गर्नु जरुरी छ । अहिले विश्वका मजदुर एक होऔं भन्ने नारा निमछरो बन्दै गएको छ । यो नारा तत्कालीन अवस्थामा कार्लमाक्र्सले मजदुरवर्गीय चरित्र र मर्मलाई केन्द्रमा राखेर उद्घोष गरेका थिए । तर, अहिले बढ्दो एनजीओकरणका कारण यो नारालाई आत्मसाथ गर्ने प्रवृत्तिमा कमी आएको छ । अहिले विश्वव्यापी रूपमा ट्रेड युनियन आन्दोलनमा देखिनुपर्ने जुझारुपन र प्रतिरोधात्मक चरित्रमा कमी आएको छ । यसरी देशको स्थितिलाई हेर्ने हो भने हरेक वर्ष करिब साढे ४ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेहरूको संख्याले चार लाखभन्दा बढी हुने देखिएको छ । करिब ६० हजार युवाले श्रम विभागमै पुगेर आफू बेरोजगार भएको विवरण टिपाइसकेका छन् । मे दिवसको शुभकामना अन्तर्राष्ट्रिय मे दिवसको अवसर पारेर उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले प्रेस विज्ञप्ति प्रकाशित गरी शुभकामना व्यक्त गरेको छ ।

शोषित, पीडित, उपेक्षित हुनुका साथै विभिन्न कुराले ठगिएका हुन्छन् । जुन ठूलो विडम्बना हो । तर पनि श्रम बेचेर खानेहरूको जहिलेसम्म सम्मान हुन सक्दैन, जहिलेसम्म उनीहरूमाथि न्याय गर्न सकिँदैन त्यतिन्जेल न समाज माथि उठ्न सक्छ न राष्ट्र नै । यसर्थ, यस वर्गलाई घृणा र उपेक्षा होइन सम्मान र प्रतिष्ठा प्रदान गर्न सक्नुपर्छ ।

यसर्थ मुलुक लामो समयदेखि संक्रमणबाट गुज्रिरहेको छ, जसले सम्पूर्ण क्षेत्र प्रभावित छ । यसर्थ राजनीतिक अस्थिरता र नीतिगत अन्यौलले पनि मिहिनेत गरेर खाने श्रमजीवी र मजदुरलाई निकै ठूलो समस्यामा पारेको छ । जुन उद्योग, व्यापार, पर्यटन सबै क्षेत्रमा अन्योल रहँदा श्रमिकहरूको जीविकोपार्जन कठिन भएको छ । जुन श्रमिकको हितका लागि सम्पूर्ण श्रमिकहरू एक हुनुपर्नेमा त्यस्तो ऐक्यबद्धता नभई राजनीतिक सोचबाट प्रभावित भई दलका नारा र झण्डा अनि उक्साहटमा चल्दा पनि मजदुरको हित हुन सकिरहेको छैन । यसरी पछिल्ला दिनमा ट्रेड युनियनहरूको संख्या र सक्रियता बढेको छ । तर सामुहिक सौदाबाजीका माध्यमबाट मजदुरको हक, हित र सुरक्षाका प्रक्रियामा अघि बढ्नुपर्नेमा राजनीतिक प्रभावमा पर्ने गरेका कारण वास्तविक श्रमिकका पीडा सम्बोधन हुन सकेका छैनन् ।
अन्त्यमा भन्नुपर्दा कुनै पनि मुलुकको उन्नतिमा मूलतः श्रमिक र मजदुरवर्गकै योगदान रहेको हुन्छ । यसमा पनि जबसम्म मजदुरहरूको हक–हितको संरक्षण र संबद्र्धन बेगर कुनै पनि मुलुक समृद्धि र सम्पन्नताको दिशामा अघि बढ्न सक्दैन तबसम्म मुलुक सम्पन्न र प्रभावशाली बन्न नसक्ने कुरा सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ रहेको पाइन्छ । तर उनीहरू नै शोषित, पीडित, उपेक्षित हुनुका साथै विभिन्न कुराले ठगिएका हुन्छन् । जुन ठूलो विडम्बना हो । तर पनि श्रम बेचेर खानेहरूको जहिलेसम्म सम्मान हुन सक्दैन, जहिलेसम्म उनीहरूमाथि न्याय गर्न सकिँदैन त्यतिन्जेल न समाज माथि उठ्न सक्छ न राष्ट्र नै । यसर्थ, यस वर्गलाई घृणा र उपेक्षा होइन सम्मान र प्रतिष्ठा प्रदान गर्न सक्नुपर्छ । उनीहरूको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ ।

यसरी श्रमिकको अधिकारको रक्षा र श्रमिकको सम्मान गर्न सबैले सिक्नुपर्छ, जान्नुपर्छ । जुन मजदुरले आफ्ना हक, अधिकार, परिश्रमानुसार सुविधाको माग गर्नु अनुचित र नाजायज होइन तर युनियनका नाममा राजनीतिक दलका भ्रातृ संगठनकै शैलीमा उद्योग, कलकारखाना वा कार्यरत संघसंस्थाले थेग्नै नसक्ने गरी सुविधा माग्नु र तिनका कामकाजमा अवरोध उत्पन्न गर्नु हुँदैन । जबकी उद्योग, व्यवसाय र मजदुर एकै सिक्काका दुई पाटा भएका र यिनीहरूबीचको समुधुर एवं सौहाद्र्र सम्बन्धले मात्र दुवैलाई सफल बनाउने हुँदा यसलाई त्यसै रूपमा लिनुपर्छ । र, बुझ्नै पर्ने कुरा के हुन्छ भने, मजदुरविना कुनै व्यवसाय नचल्ने भए पनि पहिले व्यवसाय र पछि मजदुर हो । जसले गर्दा व्यवसाय रहे मजदुर रहने र मजदुरले साथ दिए व्यवसाय दिगो हुने कुरामा कसैमा पनि दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?