जुम्लाको तिला गाउँपालिका-६ लाई बालबिवाहमुक्त वडा घोषणा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नंं. ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । सो वडाभित्रका तीन वटा गाउँलाई बालबिवाह मुक्त घोषणा गरिएको हो । तिला-६ मा पर्ने घोडेमहादेव, रिपी र सुडिगाउँलाई मंगलबार जिल्लाको दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको वडाध्यक्ष जंगबहादुर रोकायाले बताउनुभयो ।

गरिबी, देखासिकी, प्रविधिको दुरुपयोगले बढ्दो बालबिवाह पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायको साँझा अभियानले शुन्यमा पुगेपछि तिला गाउँपालिका वडा नंं. ६ लाई जिल्लाकै दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको छ । तिला-६ मा पर्ने घोडेमहादेव गाउँमा ६८, रिपी गाउँमा ३५ घरधुरी र सुडी गाउँमा ११० घरधुरी गरी जम्मा २ सय १३ घरधुरीका २० वर्ष मुनिका कुनै पनि बालबिवाहले बालबिवाह नगरेको ५१ वटा सुचक पुरा गरेपछि बालविबाह मुक्त घोषण गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । घोषणासंगै कार्यान्वयनमा चुनौती रहेकोले पालिकालाई नै बालबिवाह मुक्त बनाउने अभियानका साथ पालिकाभर कार्यक्रम संचालन गरिने भएको छ ।

चेतनाको अभाव,गरिबीले बढ्दो बालबिवाह रोक्न उद्यमशीलताका कार्यक्रममा जोड दिनुपर्ने आवश्यक रहेको छ । आगामी नीति तथा कार्यक्रममा उत्पादन बृद्धि, सामाजिक रुपान्तरण तथा यूवा उद्यमशीलताका क्षेत्रमा लगानी बढाई सामाजिक कुरिती अन्त्यको अभियान चलाईने उपाध्यक्ष बुढाको भनाइ छ । किर्डाक नेपाल जुम्ला र गाउँपालिकाको वडा नं. ६ का गाउँगाउँमा पुगेर बालबिवाहले मानव स्वास्थ्यमा पार्ने असर,ढिलो बिहे गर्दा हुने फाईदा र कानुनी दण्ड सजायबारे अन्तरक्रिया,छलफल,घरधुरी सर्वेक्षण लगायतका ५१ सुचक पुरा गरेपछि बालबिवाह मुक्त घोषणा तिला गााउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?