डिजेलको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि भाडा घट्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  डिजेलको मूल्य घटेसँगै लामो दुरीका सवारीसाधनको भाडामा मूल्य पनि घटेको छ ।

यातायात व्यवस्था विभागतका अनुसार जेठ २ गते रातीवाट डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार घटाईएको हो ।

यात्रुवाहक सवारीमा ३.२ प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको यातायाता ब्यवस्था बिभागले जनाएको छ ।

नेपाल आयाल निगमले आजवाट लागु हुने गरी डिजेल र मट्टितलको मुल्य घटाएको थियो ।  निगमका अनुसार आजवाट डिजेल र मट्टितेलको १० रुपैयाँ मुल्य घटेको छ ।

ईन्डियन आयाल कर्पोरेशन लिमिटेडले १६ मे २०२३ देखी लागु हुने गरी मुल्य घटेर आएको भन्दै आयल निगमले डिजेल र मट्टितेलको मुल्य घटाएर १५५ रुपैयाँ कायम गराएको हो । यसअघि डिजेल र मट्टितेलको खुद्रा मुल्य १६५ रुपैयाँ रहेको थियो ।

तर, ‘पेट्रोल, हवाई इन्धन, एलपी ग्याँसको खुद्रा मुल्य भने हाललाई यथावत नै राखिएको’ निगमले जनाएको छ । जसअनुसार पेट्रोल १७५ रुपैया, हवाई इन्धन (आन्तरिक) १६० रुपैया, हवाई इन्धन (बाह्य) १.३५ अमेरिकन डलर, एलपी ग्याँस १८ सय रुपैँया कायमै रहेको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?