✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० जेठ १७ गते बुधबार ई.सं. ३१ मे, २०२३ । तिथि- ज्येष्ठ शुक्लपक्ष एकादशी ११ः१३ बजेपछि द्वादशी, नक्षत्र- चित्रा, योग- व्यतीपात, करण- भद्रा, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः११, सूर्यास्तः १८ः५३ ।
मेष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।
वृष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कर्कट : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।
सिंह : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
कन्या : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
तुला : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
वृश्चिक : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
धनु : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
मकर : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
कुम्भ : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।
मीन : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच