‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज (बुधबार) दुई खेलहरू हुँदैछन् ।

दोस्रो लेगको दशौँ चरणअन्तर्गत बुधबार दुई खेलहरू हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै थ्री स्टार २२ खेलमा २६ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने संकटा २२ खेलमा २६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?