पर्यटन मन्त्री किरातीद्वारा फायर हाईड्रेन्टको उद्घाटन

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीले खोटाङको सदरमुकाम दिक्तेलबजारमा अग्नि नियन्त्रक (फायर हाईड्रेन्ट)को उद्घाटन गर्नुभएकाे छ ।

रम्बाखोला माझखोला सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारमा सञ्चालित खानेपानी आयोजनामा जडान गरेको फायर हाईड्रेन्टको बिहीबार बिहान दिक्तेलबजारको त्रिवेणीचोकमा फायर हाईड्रेन्टको गेडभल्भ खोलीपाइपको सहायताबाट पानी आकासतर्फ हानेर उद्घाटन् गर्नुभएकाे हाे ।

रम्बाखोलाा माझखोला सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाललाई दिक्तेलबजारको दश स्थानमा फायर हाईड्रेन्टप्वइन्ट जडान गरेको छ । आगलागीका समय त्यही प्वइन्टमा पाइप लगाई पानी तानेर घरघरको छानासम्म पानी लगेर आगो निभाउन सकिनेछ ।

दिक्तेलबजारको त्रिवेणीचोक, सल्लेरीटोल, जिरोप्वइन्टलगायत आयोजनाको पाइप लाइन बिस्तार गरिएको स्थानहरुम फायर हाईड्रेन्ट प्वइन्ट राखिएको रम्बाखोलाा माझखोला सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नवराज जोशीले बताउनुभयाे । जोशीका अनुसार आयोजनाले दश वटा फायर हाइड्रेन्ट मात्र खरिद गरेर जडान गरिदिएको र संस्थाले पाँच वटा फायर हाईड्रेन्टखरिद र सबैमा लगाउने ३०/३० मिटरको ९० मिटरका दरले पाइप खरिद गरिएको छ । पाँच वटा फायर हाइड्रेन्ट आवश्यकताका आधारमा जडान गरिनेछ।

फायर हाईड्रेन्टदमकलमा पानी भर्नका लागि भनेर राखिएको थियो । तर, पानीको रिजर्भ ट्याङकी अग्लो डाँडामा भएकाले पानीको प्रेसर राम्ररी पुग्ने हुँदा दमकलको विकल्पमा फायर हाईड्रेन्टबाट नै आगो निभाउन सकिनेछ ।

दिक्तेलबजार साँघुरो भएकाले यस बजारलाई आगलागीको उच्च जोखिममा हेर्ने गरिएको छ । बजारका लागि भनेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पूर्व मेयर दिपनारायण रिजालको कार्यकालमा दमकल खरीद गरे पनि दमकल बेकामे भएर थन्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?