वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैन : अध्यक्ष नेपाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको बताउनु भयो । उहाँले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताउनु भयो ।

उहाँले सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गर्नुभयो । उहाँले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही केही मतान्तर पनि हुनसक्ला । तर म यसो हेर्दैछु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरु छन्, संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरु छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन् । अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो । यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन । कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो । कमजोरीप्रति आँखा चिम्लिने पनि होइन । त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन ।’

अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले आफ्नो महत्व र भुमिकालाई अस्स्वीकार गर्नेहरुको चुनौतिको सामना गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?