पढाईप्रति विद्यार्थीहरूको अभिरुची बढाउन टेलिभिजनसहितका डिजिटल कक्षा

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीको एक सामुदायिक विद्यालयमा डिजिटल कक्षा सुरु गरिएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका-१ को डिलेश्वरी माविमा कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरूका लागि डिजिटल सुरु गरिएको हो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत बिहीबार देखी डिजिटल कक्षा सुरु गरिएको प्रधानाध्यपक विरेन्द्र बहादुर धानुकले जानकारी दिनुभयो । विद्यार्थीहरूको पढाईप्रति अभिरुची बढाउन र नयाँ प्रविधि सँग जोड्न डिजिटल कक्षा सुरु गरिएको उहाँले बताउनुभयो ।

धानुकले सानो कक्षाका बालबालिकाहरूलाई टेलिभिजनसहित डिजिटल कक्षा मार्फत पठनपाठन गराउँदा सिकाइ पनि प्रभावकारी हुने जानकारी दिनुभयो । विद्यार्थीहरूको पठनपाठन प्रति रुचि बढ्ने र कक्षा तथा विद्यालयलाई प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?