कालीगण्डकीमा किशोरीको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

पाल्पा । कालीगण्डकी नदीमा बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता किशोरीको आज शव फेला परेको छ ।

गर्मीले नदीमा नुहाउने क्रममा रामपुर नगरपालिका–८, भुजातघाटमा नुहाउने क्रममा बेपत्ता १४ वर्षीया पार्वती राम्जालीमगर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनु भयो।

राम्जालीको शव रामपुर नगरपालिका–८ कै आँपचौरस्थित कालीगण्डकी नदीमा डुबेको अवस्थामा भेटिएको हो । पौडी खेलेको स्थानदेखि करिब एक किलोमिटर तल्लो भागमा उनको शव भेटिएको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?