धादिङको ज्वालामुखीमा मापदण्ड विपरित बनेका घर टहरा भत्काउन सुरु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले मापदण्ड विपरीत बनेका घर टहराहरु भत्काउन सुरु गरेको छ । मापदण्ड विपरीत बनाएका घर भत्काउन सुरु गरेको ज्वालामुखी गाउँपालिकाले जनाएको छ ।

ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेको मुल सडक मध्येको साँधभज्याङ सडक सुधारको क्रममा मापदण्ड विपरित बनेका घर टहराहरु भत्काउने कार्य सुरु गरिएको हो ।

गाउँपालिकाले जेठ ३ गते कार्यपालिकाको बैठकबाट निर्णय गरी गाउँपालिका क्षेत्र भित्र निर्माण भैरहेको मुख्य मुख्य सडकको सिमाभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको भवन गोठ र टहरा लगायतका भौतिक संरचनाहरु हटाउनको लागि सात दिनको सूचना जारी गरेको थियो ।

गाउँपालिकाको सूचनालाई अटेरी गरी नहटाएपछि गाउँपालिकाले नै हटाउन थालिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?