रास्वपाले आज आफ्नो पहिलो बार्षिकोत्सव मनाउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो बार्षिकोत्सव मनाउँदैछ ।

सो अवसरमा रास्वपाले वालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ । उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।

रास्वपाको चियापान बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?