सेयर बजार घट्यो

Read Time = 4 mins

काठमाडौं । सेयर बजार ३५.३७ अंकले घटेको छ । अघिल्लो दिन मंगलबार ५६.९४ अंकले बढेको सेयर बजार बुधबार भने घटेको हो । मंगलबार नेप्से बढेर साढे चार महिनायताकै उच्च कारोबार भएको थियो । नेप्से घटे पनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने बढेको छ । मंगलबार पाँच अर्ब ४७ करोड ६२ लाखको कारोबार भएकोमा बुधबार ४९ करोड ६१ लाख रुपैयाँले बढेर पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ रुपैयाँको कारोबार भएको हो । यस दिन दुई सय ८० कम्पनीका एक करोड ३३ लाख ४२ हजार नौ सय ९६ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबारमा आएका १३ मध्ये जीवन बिमा समूहगत सूचक बढ्दा बाँकी सबै घटेका छन् । अन्य ३.२१ प्रतिशत, लघुवित्त २.९९, फाइनान्स २.९९, होटल तथा पर्यटनमूलक २.६८, व्यापार २.४५ र विकास बैंक २.४३ प्रतिशतले घटेका छन् । तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सामुदायिक लघुवित्त ८.१६, शुभम् पावर ८.११, प्रोग्रेसिभ फाइनान्स ४.९३, इमर्जिङ नेपाल लिमिटेड ४.६६, सयपत्री हाइड्रोपावर ४.६२, एसियन लाइफको ४.४७ र एनआरएन इन्फ्रास्टक्चरको ४.४४ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, इङ्वा हाइड्रोपावर ६.६४, खप्तड लघुवित्त ६.१५, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ६.११ प्रतिशतले घटेको छ भने मकर जितुमाया हाइड्रोपावर ५.८६, ग्लोबल आइएमई लघुवित्त ५.७१, एनएमबी माइक्रोफाइनान्स ५.५६, नेरुडे लघुवित्त ५.५५, जोशी हाइड्रोपावर ५.४३, फस्ट माइक्रोफाइनान्स ५.३५ र गुहेश्वरी मर्चेन्ट बैंकिङको ५.३५ प्रतिशतले घटेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको ८३ करोड ७० लाख ३६ हजार सात सय ९२ रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको २८ करोड २२ लाख ६७ लाख, सोल्टी होटलको २३ करोड ५६ लाख ३९ हजार, एसियन लाइफको १९ करोड ५० लाख ७२ हजार र आइजिआई प्रुरुडेन्सियल इन्स्योरेन्सको १७ करोड २७ लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार संख्या र कित्तामा पनि अगाडि रहेको हिमालयन लाइफ इन्स्योरेन्सको १५ लाख २३ हजार सात सय १२ कित्ता सेयर खरिद कारोबार भएको नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले जनाएको छ । बुधबार कुल बजार पुँजीकरण घटेर ३१ खर्ब ५० अर्ब १३ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा कुल बजार पुँजीकरण ५१ अर्ब ७९ करोड दुई लाख घटेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?