बुटवलले मनायो धान दिवस

Read Time = 2 mins

रूपन्देही । बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । उजेलापुरकी भीमकुमारी थारुको खेतमा बाजागाजासहित रोपाइँ गरेर दिवस मनाएको हो । बुटवल १५ को आयोजना, वडास्तरीय कृषि व्यवसाय प्रवद्र्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरू, महाशाखाका निर्देशकसहित स्थानीयको सहभागिता थियो ।

नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको १२ देखि १९ सम्मका वडामा खेतीयोग्य जमिन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा अघि बढाइरहेको बताउनुभयो । बुटवललाई आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको उहाँले जानकारी दिनुभयो । बुटवल १४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयनमा आगामी वर्षदेखि तरकारी र धान, गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको उहाँले बताउनुभयो ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताउनुभयो । कृषिबाटै मुलुकको उन्नति हुने भन्दैै किसानले अझै बढी चासो दिनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादन बढाउन नगरले अनुदान र प्रोत्साहन कार्यक्रम ल्याएको जानकारी गराउनुभयोे । नगर प्रवक्ता तथा वडा १५ का अध्यक्ष शिव रानाले धान दिवसका अवसरमा धानको उत्पादन बढाउन अरू धेरै लगानी गर्ने तयारी रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?