काठमाडौं । कञ्चनपुर, डोटी र मोरङबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ५० मिलिग्रामसहित बेदकोट नगरपालिका-७ बस्ने २३ वर्षीय किरण जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
डोटीको दिपायल सिलगढी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही नगरपालिका-४ पिपल्ला बस्ने २७ वर्षीय काइसु लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपायल सिलगढी नगरपालिका-६ बस्ने २५ वर्षीय पवन शोपबाट खरिद गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१० सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका-२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले पक्राउ गरेको छ । दर्जीले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी दर्जी र गाँजा खरिद गर्ने बेलबारी नगरपालिका-२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच