‘बगान’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । यही २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘बगान’को ट्रेलर बुधबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । अभिनेता सरोज खनालको निर्देशनमा बनेको ट्रेलरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको छ ।

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ । स्वप्न नीरवको कथामा आधारित बनेको यो चलचित्रबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गर्नुभएको हो ।

नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको चलचित्रका निर्माता सुरेश वाग्ले हुनुहुन्छ भने कार्यकारी निर्माता विनोद मानन्धर रहनुभएको छ । उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेको चलचित्रमा सन्देश शाहको सम्पादन छ । चलचित्रमा समिर मियाँको भिएफएक्स, रेनिश फागोको कलर करेक्सन, सुजिल कर्माचार्यको ब्याकराउण्ड स्कोर, मुकेश शाहको साउन्ड मिक्सिङ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?