यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (सोमबार) बजारमा औसत मूल्य प्रतिकेजी १३ रुपैयाँदेखि ८५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । मूल्यसूची अनुसार आज लोकल बन्दा सबैभन्दा सस्तो प्रतिकेजी १३ रुपैयाँ र किवि प्रतिकेजी ८५० रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै, नेपाली गोलभेडा, भटमासकोशा, तितो करेला र भिण्डी प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो टनेल गोलभेडा ४० रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ रहेको छ ।

यसैगरी, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ९भारतीय० ५३ रुपैयाँ २५ पैसा, लोकल गाजर ९६ रुपैयाँ, स्थानीय काउली र झिगूनी प्रतिकेजी ७५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, लौका र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, तने बोडी र घिउ सिमी प्रतिकेजी ११० रुपैयाँ तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?