कविता : सत्यको सत्य

हिमालय टाइम्स
Read Time = 2 mins

-ज्ञानप्रसाद भट्टराई
सबै भन्छन् दिएँ मैले, दिने त्यो कुन कोष हो ।
घारको मह चोरी त्यो, दिने भान्से ठूलो भयो ।।
नबुझ्दा सब उस्को त्यो, सबको हो बुझेपछि ।
कलिमा शिविको जन्म हुन्छ र त्यो कसो गरी ।।

राष्ट्र सेवकमात्रै छन्, देशप्रेमी सबै अरू ।
भ्रष्टाचार फुल्यो सारा, माली सब यिनीहरू ।।
फुलेको फूल त्यो हेर, बासना छ सबैतिर ।
नर्कजस्तो बन्यो देश दुर्गन्ध छ सबैतिर ।।

कालो फूल कहाँ फुल्छ, सुन्दर छ वरिपरि ।
कालो धन सबै राम्रो, मनै कालो भएपछि ।।
चोर बने सबै साधु, साधु चोर कति भए ।
ठूलाबाट हुने चोरी, सबै ती वैध नै भए ।।

टेकेर शिरमा पाउ, पुगे माथि सधैंभरि ।
मुख भने अझै उस्तै, बुर्जुवा ती भए पनि ।।
सत्य भयो असत्य त्यो, सत्य त्यो त गुमेपछि ।
बुझे सारा सबै सत्य, सत्य भो नबुझे पछि ।।

सत्य छ काठमा आगो, सत्य हो छैन त्यो पनि ।
गुणमात्र सदा सत्य, रूप जस्तो भए पनि ।
भन्छ सत्य म मात्रै हुँ, असत्य ती अरू सबै ।
ब्रहृम छ एक सत्य यो, ओम भन्ने गरौं सबै ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?