अफगानिस्तान विरुद्धको सिरिज बंगलादेशले जित्यो

Read Time = 2 mins

ढाका । बंगलादेशले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै सिरिजको उपाधि जितेको छ । दुई खेलको सिरिजमा बंगलादेशले क्लिनस्विप गरेको हो । जितका लागि ११७ रनको मध्यम लक्ष्य पछ्याएको बंगलादेशले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । बंगलादेशका लिटन दासले ३६ बलमा ६ चौकासहित ३५ रन जोड्नुभयो । यस्तै, अफिफ हुसैन २० बलमा २ छक्कासहित २४ र तोवहिद हृदोयले १९ रन बनाउनुभयो ।

अफगानिस्तानका मुजिब उर रहमान र आजमतुल्लाह ओमरजाईले समान दुई विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले वर्षाका कारण १७ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले २५, करिम जन्नत २० र इब्राहिम जद्रान २२ रनमा आउट हुनुभयो । बंगलादेशका तस्किन अहमदले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिनुभयो ।

मुस्ताफिजुर रहमान र सकिब अल हसनले समान दुई विकेट लिनुभयो । कप्तान सकिब अल हसन सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । उहाँले ३७ रन बनाउनुका साथै ४ विकेट लिनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?