अफगानिस्तानमा आइएसको उपस्थिति नरहेको दाबी

Read Time = 2 mins

काबुल । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आइएस) संगठनको उपस्थिति नरहेको दाबी गर्दै त्यससम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ । अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा हाम्रो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले स्पष्ट गर्नुभएको छ ।

इरानका एकजना वरिष्ठ कूटनीतिज्ञले आतंकवादी समूह आईएसका कार्यकर्तालाई सिरिया, लिबिया र इराकबाट अफगानिस्तानमा सारिएको दाबी गरेपछि प्रवक्ता काहारको उक्त स्पष्टीकरण आएको हो । ‘हामी इरानी विदेशमन्त्रीले इराक, सिरिया र लिबियाबाट आइएसका नेतालाई अफगानिस्तानमा सारिएको दाबी गर्ने आरोपलाई अस्वीकार गर्दछौं’, बल्खीले ट्वीट् गर्नुभएको छ ।

यसअघि अफगान सुरक्षा बलहरूले आइएससँग सम्बद्ध दर्जनौं कार्यकर्तालाई मारेको र गिरफ्तार गरेका थिए । चरमपन्थी सशस्त्र समूहले राजधानी काबुलमा मस्जिद, होटल र विदेश मन्त्रालयका कर्मचारीलगायत धेरै जनामाथि भएका घातक हमलाको जिम्मेवारी लिएको थियो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?