‘राम्रो चलचित्रका लागि पात्रको चयन र प्रस्तुतीकरण महत्वपूर्ण हुन्छ’

गीता अधिकारी
Read Time = 6 mins

चलचित्र निर्देशनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मिलन चोङवाङ लिम्बू पछिल्लो समयका व्यस्त निर्देशक मध्येका एक हुनुहुन्छ । पछिल्लो समयसम्म आइपुग्दा लिम्बूले आधा दर्जन बढी चलचित्रमा मुख्यसहायक निर्देशन गरिसक्नुभएको छ भने हाल लिम्बू भाषाको चलचित्र ‘हाङमा’को लेखन कार्यमा व्यस्त हुनुहुन्छ । चलचित्र ‘सँगसँगै बाँचन पाउँ’बाट एकल निर्देशनको जिम्बेवारी निर्वाह गर्नुभएको हो । राम्रो चलचित्रका पात्रको चयन र प्रस्तुतीकरण महत्वपूर्ण हुने बताउनुहुने निर्देशक मिलन चोङवाङ लिम्बूसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
लिम्बू भाषाको चलचित्र ‘हाङमा’को लेखन कार्यमा छु ।

नेपाली चलचित्रको बजार कस्तो छ ?
नेपाली चलचित्रको बजार पछिल्लो समय राम्रो भएको पाउँछु म । अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र जान थालेसँगै यसको दायरा फराकिलो भएको छ ।

नेपाली चलचित्रले लगानी उठाउने अवस्था छ त ?
हामीले दर्शक रुचिको चलचित्र निर्माण गर्न सक्यौं भने राम्रै मुनाफा कमाउन सक्ने सम्भावना छ ।

चलचित्रमा पात्रको चयन र प्रस्तुतीकरण महत्वपूर्ण हुन्छ र यो नितान्त निर्देशकीय कला र क्षमतामा निर्भर गर्दछ । एउटा वैधानिक पात्रको खोजी निर्देशक वा कथा लेखकका लागि ठूलो चुनौती हो । पात्रको एउटा विशेषता जीवनप्रति इमानदार हुनु हो । ५०/६० जनाको युनिटलाई सम्हाल्न सक्ने क्षमता हुनुपर्छ ।

नेपालीभन्दा पनि यहाँ विदेशी चलचित्र बढी चल्नुलाई कसरी लिनुहुन्छ ?
विदेशी चलचित्र नेपालमा चल्नु नराम्रो होइन । तर, यसले नेपाली चलचित्रलाई कत्तिको प्रभाव पारेको छ त्यो बुझ्न जरुरी छ । त्यसकारण सरकारबाट नै कोटा प्रणाली लागू गर्नुपर्छ ।

वास्तवमा निर्देशकीय भूमिका कस्तो हुनुपर्छ ?
चलचित्रमा पात्रको चयन र प्रस्तुतीकरण महत्वपूर्ण हुन्छ र यो नितान्त निर्देशकीय कला र क्षमतामा निर्भर गर्दछ । एउटा वैधानिक पात्रको खोजी निर्देशक वा कथा लेखकको लागि ठूलो चुनौती हो । पात्रको एउटा विशेषता जीवनप्रति इमानदार हुनु हो । ५०/६० जनाको युनिटलाई सम्हाल्न सक्ने क्षमता हुनुपर्छ ।

निर्देशकको जिम्मेवारी नि ?
एउटा निर्देशकको चलचित्रमा ठूलो जिम्मेवारी रहन्छ । टिम क्याप्टेनको रूपमा जिम्मेवारी सम्हाल्नु त छनै उत्कृष्ट चलचित्र निर्माण गरेर निर्मातालाई पनि आर्थिक मुनाफा गराउनसक्नु सबैभन्दा महत्वको कुरा हो ।

पर्दामा एउटा मुख्य पात्रको भूमिका कस्तो हुनुपर्छ ?
कथा र पात्रले यथार्थ बोध गराएको छ भने दर्शकले आफूलाई पात्र र परिवेशसँग जोड्न थाल्छ र उ कथासँग बाँधिन पुग्छ । जुन दर्शक कथा र पात्रभित्र डुब्नु हो । चलचित्रमा सामान्यतया निर्देशकको दृष्टिकोण हाबी हुन्छ । तर, राम्रो अभिनेताले निर्देशित अभिनयमात्र गर्दैन उसले समग्र कथाको प्रारूप र भाव बुझेर सकारात्मक, संरचनात्मक योगदान दिन सक्नु उसको कलाकौशलताको क्षमता पस्कनु भित्र पर्दछ ।

रिलको युगबाट अहिले हामी डिजिटल युगमा छौं, कस्तो महसुस गर्दै हुनुहुन्छ ?
रिलको समयमा भन्दा अहिले निकै सहज भएको छ । विश्वमै प्रविधिको विकाससँगै त्यसको प्रयोगमा तीव्रता आएको अवस्था छ । हाम्रोजस्तो विविध भौगोलिक बनौट भएको देशमा यो प्रविधि अति उत्तम छ । क्यामरा, लाइटिङ सबै पक्षबाट राम्रो प्रविधि र संसारभरको प्रयोगलाई मध्यनजर गरी भविष्य डिजिटलमय हुने भएकाले यो प्रविधि सहज र सजिलो भएको महसुस गरेको छु ।

निर्देशनमा आउन चाहनेहरूलाई के सल्लाह दिनुहुन्छ ?
यस क्षेत्रमा आउनु पहिले इच्छाशक्ति, कामप्रतिको इमानदारीता र धैर्यता हुनु जरुरी छ । अर्को आवश्यक सीप व्यक्तित्व विकास र दृढसंकल्प संयमित हुनसिक्नु, अनिमात्र आउनुहोस् भन्न चाहन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?