नेपालको उन्नती जलविद्युतबाट नै सम्भव छ : सभामुख घिमिरे

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । सभामुख देवराज घिमिरेले नेपालको उन्नती जलविद्युतबाट नै सम्भव रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित सामुहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्नेकुरामा सहयोग गर्ने अपेक्षा गरेको बताउनु भयो ।

उहाँले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले उर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दूरदराजमा आवश्यकताले र क्षमताको अभावमा जनताले विद्युत उपभोग गर्न पाइ नरहेको ठाउँमा समुदायलाई संगठित गरेर शुरुमा २० प्रतिशत जनताको लगानी गर्नुपर्ने ठाउँमा अनेक कठिानाइ गरेर १० प्रतिशतसम्म जनताको सहयोगमा र बाँकी राज्य र संस्थाको लगानीको हिसावबाट पनि गर्नेगरी दूरदराजलाई उज्यालो बनाउन महत्वपूर्ण भुमिका निभाएको छ । अझै बाँकी ठाउँमा, बत्ती बाल्न पनि नपाइरहेको ठाउँमा बत्ती कसरी बाल्ने, २ वर्ष भित्रमा सबै अध्याँरो मुक्त देश बनाउने सरकारको तयारीका लागि यस संस्थाको भुमिका महत्वपूर्ण हुने नै छ । नेपालको उन्नती विद्युत हो । जलविद्युतबाट नै गर्न सकिन्छ । त्यसका लागि आम जनताले उपभोग गर्नेकुरा विद्युतमार्फत गर्ने, औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि यस संस्थाले महत्वपूर्ण कदम चाल्नेछ । उर्जा ऐन १४ वर्षदेखि अड्किएको र हिजो आएकोमा संशोधनलाई स्वीकार गर्न नसकेर अड्किएको र अहिले पनि त्यसलाई केन्द्रिकरण गर्ने र विदेशीहरुको हीतमा उर्जा नीतिहरु आउने वा व्यपार व्यवसाय त्यसअनुसार जानेगरी आउन लागेको कुरामा केही चर्चा भयो । अहिले संसदमा पनि केही न केही समस्या उत्पन्न हुने गरेका छन् तथापि संसदको काम भनेको आवश्यक कानून निर्माण गर्ने नै हो । थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका निर्वाह हुनेछ ।

सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?