दोलखामा पहिरो जाँदा एक जनाको मृत्यु, तीन जना बेपत्ता

हिमालय टाइम्स
Read Time = 1 min

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-८ मा गएको पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बिहीबार राती नौ बजेको अविरल बर्षासँगै आएको पहिरोले गाउँपलिका-८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तिमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बताउनुभयो ।

पहिरोले गाउँपालिका-७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती र यज्ञबहादुर थामिको १५ महिनाको नाति रहेको उहाँले बताउनुभयो ।

थामिको १५ महिनाको नातिको मृत्यु भएको प्रहरी प्रमुख खड्काले बताउनुभयो । पहिरोमा परि तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?