क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने कांग्रेस संसदीय दलको निर्णय

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय छानबिन समिति गठनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि कांग्रेस संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो ।

३ दिनसम्म बसेको संसदीय दल बैठकको निचोड सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो‚ ‘जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।ु

साथै उहाँले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपमा काम गर्ने दलको बैठकको अर्को निचोड रहेको बताउनु भयो ।

उपभोग्य सामानको मूल्यवृद्धि, कालाबजारी नियन्त्रण, बाढीपहिरो, डुबान र लम्पीस्किन, डेंगु, आँखा पाक्ने रोगजस्ता विषयमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

संसद खुलाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षसँग संवादको अग्रसरता लिएर सदन खुलाउन पहल थाल्ने निर्णय भएको पनि प्रमुख सचेतक लेखकले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?